- जनकपुरधाम,साउन १९ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । यससँगै धनुषा जिल्लामा आज (सोमबार) ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरि पीसीआर परिक्षण गर्दा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ जना सवारी चालक र कार्यालयकै अन्य २ जना कर्मचारी गरी ६ जनासहित धनुषा जिल्लाभरिमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
दुई दिन अगाडी गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । मुख्यमन्त्री कार्यालयका संक्रमित कर्मचारीहरु चिकित्सकको सल्लाहमा आ–आफ्नो घरमै सेल्फ क्वारेन्टाईनमा बसिरहेका छन् । यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !