- लहान,साउन १९ गते सोमबार ।।
- जनप्रभाब-आलोक यादव
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले चलायो अबैध घरेलु मदिरा विरुद्ध सर्च अपरेसन १ महीनामा करिब ८ हजार लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका ५ स्थित रामदेव कलाल र रामकृष्ण कलालको घरमा छापामारी गरेको थियो । त्यहाँ प्रहरी टोलीले उनीहरुले घरमा सञ्चालन रहेको घरेलु मदिरा भठीबाट तयारी मदिरा ५ लिटर, कच्चा पदार्थ २५० लिटर र मदिरा बनाउने ८ थान भाडाबर्तन नियन्त्रणमा लिएका थिए । स्थानीयको रोहबरमा प्रहरी नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका ३ स्थित जितु साहको घरबाट ८० लिटर मदिरा र मदिरा बनाउने १४ थान भाडाबर्तन नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी , प्रहरीको गस्ती टोलीले सिरहा जिल्लाको विभिन्न स्थानबाट ७५ सय ५० लिटर मदिरा नष्ट गरेका छन् ।
सीमावर्ती बरियारपट्टि गाउँपालिका १ स्थित छोटकीटोलमा इलाका प्रहरी कार्यालयबाट खटेका प्रहरी गस्ती टोलीले उक्त परिमाणको मदिरा बरामद गरी नष्ट गरेको हो । यसका साथै अवैध मदिरा भठ्ठीमा मदिरा उत्पादन गर्न प्रयोग गर्ने १७ थान भाडाबर्तन पनि बरामद गरेका छन् ।

प्रहरीले स्थानीयवासीको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
सिरहा जिल्लामा हुने अपराधिक गतिविधी विभिन्न हिंशाका घटनाहरु मध्ये ८० प्रतिशत घटनाहरु मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियारले बताउनु भयो । अपराधिक गतिविधी रोक्न र महिला माथि हुने हिंशा रोक्नका लागि अबैध मदिरा लाई बन्द र अरु मदिरालाई नियन्त्रण गर्न आवष्यक रहेको एसपी पंजियारले बताउनु भएको छ ।
घरेलु मदिरा उत्पादनमा बढी जस्तो महिलाहरुको नै संग्लग्नता आफुले पाएको उहाँको भनाई छ । घरमा नै बस्ने बढी जस्तो महिला नै हुने गरेका कारण कचनारी गाउँहरु मा बढी जस्तो महिलाहरुले नै अबैध मदिरा उत्पादन गर्ने गरेको एसपी उमाशंकर पंजियारको भनाइ छ ।
श्रीमान रोजगारीका लागि विदेश जाने विदेश बाट आर्थीक सहयोग नगर्ने, एकल महिला लगायतका धेरै जस्तो आर्थिक अभाव भएका महिलाहरुको बढी संग्लग्नता देखीएको छ । अबैध मदिरा बाट चाँडो आर्थिक लाभ लिन सकीने, अशिक्षाका कारण, अन्य विकल्प नभएका कारण पनि बढी जस्तो महिलाहरु यस्तो अबैध काममा लाग्ने गरेको एसपी पंजियारको भनाई छ । यसको अन्त्यका लागि जनप्रतिनिधी तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरु दिदा अबैध मदिरालाई नियन्त्रण गर्न सकीने एसपी उमाशंकर पंजियारको भनाई छ ।
मदीराका कारण महिलाहरुले एकल जीवन निर्वाह गर्नु पर्ने, महिलाहरुले आत्महत्या गर्नु पर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मी हरुको भनाई छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनाहरु मध्ये ७०/८० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफुले पाएको उहाँको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !