- लहान,साउन १९ गते सोमबार ।
- जनप्रभाब-सम्बादाता : बिनोद महतो
लहान प्रहरीले पछिल्लो पटक घरेलु मदिरा विक्री वितरणमा कडाई गर्नुका साथै सो मदिरा नष्ट समेत गरेको छ ।
ईलाका प्रहरी कार्यलय लहानबाट डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले लहान नगरपालिका – ३ बस्ने जितु साहको घरबाट अन्दाजी ८० लिटर घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन १४ थान समेत नियन्त्रणमा लिई स्थानिय जन-प्रतिनोधीको रोवहरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिले जानकारी दिए ।
अपराधिक घट्ना नियन्त्रणका लागी विभिन्न गतिविधी संचालन गरेको प्रहरीले झै झगडा, घरेलु हिंसा, चोरी लगायतका आपराधिक घट्ना न्युनिकरणका लागी घरेलु मदिरा विक्री वितरणमा कडाई गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !