- काठमाडौं,साउन १९ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाली कांग्रस काठमाडाैं जिल्ला सभापति
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौमा हुँदैछ । यो महाधिवेशनमा पार्टी नेतृत्वको लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै पुन उम्मेदवारी दिने देखिन्छ ।
महाधिवेशनमा सभापतिको आकांक्षीको रुपमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि चाहना राखेका छन् । सर्वोच्च कमाण्डर गणेशमान सिंहका पुत्र सिंहसँग विगतमा विद्यार्थी संगठनबाट पार्टीको जिल्ला तहबाट केन्द्रीय कार्यसमितिमा सदस्य र महामन्त्रीको भूमिका समेत पुरा गरिसकेका अनुभव छ ।
असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले समेत आफ्नो समूहबाट एक जना मात्र उम्मेदवार हुने बताइसकेका छन् । असन्तुष्ट खेमामा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता डा.शेखर कोइराला, तेश्रो धारको दाबी गर्ने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सभापतिमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् ।
सिंहको व्यवस्थापकिय क्षमतालाई हेरेर नै पार्टीका आमकार्यकर्ताले पार्टी नेतृत्वको जिम्मेवारी दिनु पर्ने काठमाडौंका सभपाति सबुज (कृष्ण ) बानियाँ बताउछन् । देशको सबैभन्दा ठूलो जिल्ला र संघीय संसदमा धेरै सदस्य निर्वाचित गर्न सफल काठमाडौं कांग्रेसका सभापति उनै वानियाँसँग गरेको संक्षेप कुराकानी ..
काठमाडौं कांग्रेसको सांगठानिक गतिविधि कस्तो छ ?
पार्टीको संगठनलाई आन्तरिक रुपमा क्रियाशिल गराउने काम गरिरहेका छौं । अधिवेशनको मुखमा कांग्रेस काठमाडौ कति क्रियाशिल रहेछ भने कुरा स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामबाटै देखिएको छ ।
पार्टीको महाधिवेशन नजिकिदै गर्दा पार्टीको संस्थापन पक्षले अर्को पक्षका नेता र कार्यकर्तालाई कारबाहीको श्रृङ्खला चलिरहेको छ नि ?
पार्टीको छवि खस्किदै गएको र संगठनमा रहेको मान्छेको आत्मा स्वस्थ हुन नसक्नुको कारण यही छ । पार्टीको अधिवेशन प्रकृया शुरु हुनुअघि नै सबै असन्तुष्टीहरुलाई समाधान गरिसक्नु पर्ने हो । अधिवेशको मुखमा आएर हाम्रोमा आफ्नो र अर्काको छुट्याउने प्रबृत्ति आयो । यसले आफ्नो पक्षलाई प्रभावित गर्न खोजेको देखिएको छ ।
विभाग गठनदेखि अनुशासन समितिले जुन कारबाही गरिहेको छ, विदेशस्थित जनसम्पर्क समितिका साथिहरुलाई कारबाही प्रक्रिया अघि बढाइरहेको छ । नियतबस दुई वर्षअघि सामाजिक सञ्जालमा लेखेको कुरालाई अहिले ल्याइएको छ ।
कारबाही एउटालाई गरिएको छ, दोष अर्कोलाई लगाइएको छ । गोविन्दराज जोशी आदरणीय नेता हुनुहुन्छ, पार्टीको बिधानमै स्पस्ट भनिएको छ कि उम्मेदवारी दिएको वा समर्थक र प्रस्तावकलाई एक शब्द नसोधी सिधै कारबाही गर्न सकिने छ । त्यतिवेलको घटनालाई ल्याएर अहिले सार्वजनिक गर्नु पर्ने विषय नै थिएन ।
पुष्कर ओझालाई अहिले कारबाही गर्नु ठीक छैन । एक ट्रमलाई रिलिज (माफी ) गरिदिएको भए हुने थियो । यसले संगठन भित्र फेरि किचलो ल्याएको छ । तनहुँमै हेर्नुस, कोही विरोध गर्ने भन्नेमा छन, कोही निर्णय फिर्ता गराउन लाग्नु पर्छ भन्छन, कोही पार्टी छोड्ने कुरा गरिरहेका छन् ।
महाधिवेशनको रफ्तार चलिरहेको बेला यसले महधिवेशनलाई वाधा पुर्याउने काम मात्र गरेको छ ।
सत्ता पक्ष आन्तरिक झगडामा रुमलिएको बेला कांग्रेसले पनि आन्तरिक किचलो मिलाउन सकेन भन्ने आरोप छ नि ?
कांग्रेसले संगठन भित्रको आन्तरिक समस्या समाधान गर्न नसकेकै हो । त्यसलाई नसकेकै भन्नु पर्छ । ज–जसले जिम्मेवारी पाउनु भएको छ, आफ्नो क्षेत्र भित्रको जिम्मेवारी पुरा गर्ने भन्ने बिषयमा त्यसमा पुरा रुपले कमी कमजोरी रहयो ।
प्रतिपक्षको भूमिकाको कुरा गर्ने बित्तिकै सडकमै जानु पर्ने, बार र रेलिङ भाँच्नु पर्ने, अस्तव्यस्त बनाउनु पर्ने भन्ने बुझाई छ । त्यही ‘ह्याङ ओभर’ले मान्छेहरु प्रतिपक्षीको भूमिका भएन भन्छन् । कांग्रेसले सालिनतापूर्वक हिँजो उग्र रुपमा आएका पार्टीलाई यो संविधान मातहत ल्याउन सफल भएको छ ।
निर्वाचन प्रक्रियाबाट हिंसामा रहेको दललाई शान्तिपूर्ण बाटोमा ल्याउन सक्षम भएको कांग्रेसले फेरि विगतकै जस्तो रेलिङ तोडेर प्रतिपक्षीको भूमिका निभाउने पक्षमा छैन ।
राज्य सत्ताले गरेको गलत क्रियाकलापको थोरै संख्यामा उपस्थित भए पनि कांग्रेसका सांसदले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् ।
पार्टीका कार्यकर्ता र नेतृत्व तहलाई जोड्न अवको १४ औं महाधिवेशनले कस्तो नेतृत्व ल्याउला ?
पार्टीको नीति, विचार, आदर्शको वारेमा हामीले केही बोलिरहनु पर्ने अवस्था छैन । नयाँ अवधारणा निकाल्नु पर्ने छैन । विगतमा हाम्रा पूर्वज र आदरणीय नेताहरुले हामीलाई सबै दिइसकेका छन् । अब वाँकी भनेको यसलाई व्यवस्थापन र संस्थागत गर्न मात्र छ ।
अहिले पार्टीलाई संस्थागत र व्यवस्थित गरेर लैजानको लागि नेतृत्व अपरिहार्य छ । यो परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा म काठमाडौं जिल्ला सभापतिको हैसियतले लागिरिहेको छु ।नsf
पार्टीको संगठनलाई जीवन्त र चलायमान बनाउन कस्तो नेतृत्व आउनु पर्छ ?
संस्थागत चरित्र भएको नेताहरु कांग्रेसमा हुनुहुन्छ । हामीले प्रत्यक्ष रुपमा भोगेको र देखेको तथा संगठनको संरचना भित्र रहेर काम गरेको, यो आमुल परिवर्तनको बागडोर सम्हालेर आएको सर्वोच्च नेता गणेशमान सिंहको अनुयायीको रुपमा उहाँकै सुपत्र हुनुहुन्छ –प्रकाशमान सिंह ।
पार्टीको महामन्त्री र सरकारमा उपप्रधानमन्त्री भएर काम गरिसक्नु भएको व्यक्ति जसले संगठनलाई व्यवस्थित रुपमा चलाएर देखाउँछु भनेर उदाहरण दिइसक्नु भएको छ । त्यसैले अहिलेको समयमा प्रकाशनमा सिंह जस्तो व्यक्तिले पार्टीको नेतृत्व लिनु भयो भने यो पार्टी संस्थागत रुपले अघि बढ्छ ।
तपाईंलार्ई प्रकाशमान सिंहको विश्वास पात्र पनि भनिन्छ, सभापतिमा सिंह उठ्ने निश्चित हो ?
म उहाँको विश्वास पात्र होइन कि मेरो उहाँप्रति विश्वास छ । किन भने यो देशको राजधानी काठमाडौं जिल्लाको नेतृत्व उहाँले मलाई दिँदा सबैभन्दा सक्षम र योग्य मान्छे, बेइमानीपूर्वक काम गर्दैन भनेर विश्वास गर्नुभयो ।
म उहाँलाई विश्वास गर्छु । उहाँको विश्वास पात्र भन्ने हो भने त मैले त.. टिकट पाइन नि ? मेराे लागि उहाँले कतै लड्नु त भएन ? अरुले देख्दाखेरी म पहिलो उदाहरण होला कि काठमाडौंमा जातिय आधारमा भन्दा काठमाडौंको कोर एरियावाहेकबाट सभपाति हुने व्यक्ति पनि म हुँ ।
जिल्लाको सभापति भएर कतै टिकट नपाउने पनि मै हुँ । त्यो विश्वास मैले उहाँबाट पाएँ तर टिकट पाईँन । उहाँ मेरो भरोसाको पात्र हो । यो पार्टीलाई संस्थागत गरेर अघि लैजाने क्षमता उहाँमा छ भन्ने मैले विश्लास गरेको छु ।
काठमाडौंको सभापति भएर पनि टिकट नपाउँदा तपाइ नेतृत्वसँग रिसाउनु भएन ?
हेर्नुस, म आस्थाको लागि पार्टीमा लागेको हुँ । राजनीतिलाई सँधै कमर्सियल रुपमा हेरिदो रहेछ । आस्थाको रुपमा हेर्दा मेरै क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ । जित्दा म धेरै खुसी छु । चुनाव हारेको भए उम्मेदवारमा कमी कमजोरी भन्न मिल्थ्यो होला, तर, चुनाव नै जितेपछि कमीकमजोरी भन्न मिलेन ।
पार्टीको कार्यकर्ता भएपछि कहिले काहीँ निर्णय गर्दा तलमाथि हुनसक्छ । टिकट नपाउँदैमा निरास हुने कार्यकर्ता होइन म ।
दोश्रो पुस्ताबाट नेतृत्व आओस भन्ने आमकार्यकर्ताको चाहना देखिन्छ । तर उहाँले चुनाव जित्ने आधार के के हुन ?
उहाँले चुनाव जित्ने आधारको कुरा गर्दा म कुनै नेताको टिप्पणी गर्न चाहन्न । उहाँले जित्ने आधार भनेको – उहाँ गणेशमान सिंहको छोरा, ऐतिहासिक पृष्ठभूमि र पारिवारिक वातावरणले पनि उहाँप्रति कार्यकर्ताको विश्वास रहन्छ ।
दोश्रो, उहाँले नेविसंघको राजनीति गरेर जिल्लाको पटक पटक सभापति भएर कुसलतापूर्वक काम गरी केन्द्रीय सदस्य र पार्टीको महामन्त्री भएर तहगत काम गरेको अनुभव छ । त्यसैले पनि उहाँ पार्टी चलाउन पूर्णरुपले सक्षम हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ ।
त्यसो भए उहाँको जिल्ला र क्षेत्रगत रुपमा प्रभाव कस्ताे देख्नु भएको छ ?
काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने उहाँकै अभिभावकत्व नै छ, अहिलेसम्म । एका दुई व्यक्तिले असहयोग गर्लान, त्यो स्वभाविक छ तर यहाँबाट उहाँलाई ९८ प्रतिशतले पूर्णरुपमा सहयोग गर्छन् ।
म काठमाडौंको सभापति भए पनि संगठन बिस्तारको क्रममा ५० देखि ६० वटासम्म जिल्लामा पार्टी कार्यक्रम र संगठन बिस्तारको क्रममा जाने मौका पाएको थिएँ । विगतमा गणेशमान सिंहले पार्टी कार्यकर्तामा गहिरो छाप छोडिसक्नु भएको छ ।
अहिले पार्टीमा उहाँको त्याग र इतिहासको रक्तसंचार नै प्रकाशन सिंहमा भएको हुनाले पार्टीलाई पूर्णरुपमा संस्थागत ढंगले लान सक्ने क्षमता छ भनेर कार्यकर्ताले विश्वास गरेको पाएको छु ।
काठमाडौंवाहेकका जिल्लाका कार्यकर्ताले पनि उहाँमा ठूलो भरोसा गरेको पाएको छु ।
मैले जति ठाउँ पुगें, त्यहाँ सबैले प्रकाशमान सिंह जस्तो सक्षम र योग्य व्यक्ति कोही छैन भनेर कार्यकर्ताले भन्ने गर्छन ।
चौधौं महाधिवेशनको सम्मुखमा पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसले कस्तो सन्देश दिएको छ ?
पार्टी प्रवेश गर्नु राम्रो कुरा हो । तर, हामीबीचको एकता र चरित्र निर्माण गर्नु पर्ने भएको छ । यो पार्टीमा बिचलन हुन दिनु हुन्न । सिनियर नेतालाई सम्मान गर्ने र उर्जाशिल व्यक्तिलाई संगठनको जिम्मेवारी दिने, महिला जनजाति, विभिन्न वर्गलाई अघि सारेर लैजान नसकेसम्म कोही छिर्दा वा वाहिरीँदा केही फरक पर्दैन । यसलाई राम्रै लिनु पर्छ ।
अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा संगठन कत्तिको क्रियाशिल छ ?
अन्य जिल्लाको तुलनामा काठमाडौंका संगठनहरु चलायमान छन् । पार्टीलाई विधि विधान र संस्थान ढंगलाई अघि बढाएका छौं । क्रियाशिल सदस्यको मर्यादा र उच्च तहको सम्मान गर्नु पर्छ भन्ने कुरा अझै राम्रोसँग बुझाउन सकिएको छैन । मैले त्यो सम्मान र बुझाईलाई आत्मसाथ गरेर अघि बढीहरेको छु ।
काठमाडौंको सभापति भइरहँदा यहाँको गुटको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
आन्तरिक रुपमा गुट हुनु स्वभाविक नै हो, तर हामीले यसलाई स्वस्थ्य प्रतिष्पर्धामा लगेर व्यवस्थापन गरेका छौं । हामीले सम्मानित व्यक्तिलाई सम्मान गर्ने र उर्जाशिल तथा क्रियाशिल कार्यकर्तालाई जिम्मेवारी दिने गरेका छौं ।
सहमति र सहकार्यका साथ काम गर्न सक्ने सक्षम व्यक्तिलाई संगठनको जिम्मेवारी दिएका छौं ।
मसँगै प्रतिष्पर्धा गर्नेसँग पनि मैले सहमति गरेर अघि बढेको छु । आन्तरिक प्रतिष्पर्धा हुन्छ । त्यो सकिएपछि हामी एकै हौं । कसैले कसैलाई हराउन कब्जा गरेर, भिँडको जात्रा देखाएर सालिनता नदेखाउने हाम्रो जिल्लामा हुँदैन ।
पार्टी संगठनको लागि मैले राम्रो काम गरेको रहेछु भने म दोहोरिन पनि सक्छु वा त्यसभन्दा माथि पनि जान सक्छु । मित्र भण्डारी
फेसबुकबाट तपाईको प्रतिक्रिया !