- वीरगञ्ज, साउन १८ गते आइतबार ।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस महामारी अत्याधिक रुपमा फैलिएको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।
आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय स्वास्थ्य टोली पठाउने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !