- गण्डकी,साउन १८ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधनहरु गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले आज एक समारोहका बिच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल उपलब्ध गराइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !