- बैतडी,साउन १७ गते सनिवार ।
- जनप्रभाब-सम्बादाता
बैतडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा ९४ उजुरी दर्ता भएका छन् । तीमध्ये २९ वटा उजुरी मात्र फर्छयाैट भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १२१ उजुरी दर्ता भएकोमा ३६ मुद्दा मात्र फर्छ्याैट भएकाे अक्तीयर दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सुचना अधिकारी हरीशचन्द्र जोशीले जानकारी दिनुभयो ।
बैतडीबाट विगत २ आर्थिक वर्षमा कुल २१५ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका हुन् । तीमध्ये ६५ उजुरी मात्रै फर्छ्याैट भएका छन् भने १५० उजुरी फर्छ्याेट हुन बाँकी रहेका छन् ।
जिल्लाका स्थानीय तहमा हुने गरेका याेजना तथा कार्यक्रममा भ्रस्टाचार गरेको, सडक निर्माण तथा अन्य विकास निर्माणका काममा अनियमियतता हुने गरेको लगायतका मुद्दाहरु बढी आउने गरेको सुचना अधिकारी जोशीले बताउनुभयो ।
यसरी अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुने क्रम बढेसँगै स्थानीय तहमा भ्रष्टाचार मौलाएको आशंका गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !