- वीरगञ्ज, साउन १७ गते सनिवार ।
- जनप्रभाब-सम्बादाता
आज शनिबार साझ ६ बजे वीरगञ्जकोे गण्डकमा रहेको बयोधा अस्पतालमा कोरोना संक्रमणको कारण एक जना महिलाको मृत्यु भएको हो ।
शुक्रबार राती अबेर आएको पिसिआर रिर्पोटमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको छ।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा.निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिनु भयो ।
साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राती कोरोना संक्रमण पुष्टि भएको थियो भने शनिबार ६ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज भएपछि कोभिड अस्पतालमा ल्याउने तयारी गर्दा गर्दै महिलाको मृत्यु भएको डा.सिंहले बताउनु भयो ।
यसअघि वयोधा अस्पतालमा नै उपाचारत वीरगन्ज–१६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो भने उनको शुक्रबार राती अबेर मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेकी ती महिलालाई निमोनियाको जस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको बयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर साउन १६ गते बिहान सवा १० बजे उपचारकोक्रममा मृत्यु भएको थियो ।
योसंगै पर्सा जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १५ पुगेको छ । साउन १ गते देखि हालसम्ममा १२ जनाको मृत्यु भईसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनु भयो ।
६ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आईसोलेशनमा रहेको उपचारपश्चात कोरोना मुक्त भएर ६ जना डिस्चार्ज भएका छन् ।
अस्पतालका ईन्चार्ज डा. निरज कुमार सिंहले आज शनिबार कोरोनालाई जितेर संक्रमण मुक्त भएका ६ जना डिस्चार्ज भएको जानकारी दिए ।
संक्रमण पुष्टि भएपछि साउन ७ गते कोभिड अस्पताल भर्ना भई उपचार गराईरहेका एक् जना र साउन ८ गते देखि अस्पतालमा उपचार गाराई रहेका ५ जना आज शनिबार डिस्चार्ज भएको डा. सिंहले जानकारी दिनु भयो । डिस्चार्ज भएकाहरुमा कोरोना संक्रमणको लक्षण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको डा. सिंहले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !