- सिरहा,साउन १७ गते सनिवार ।
- जनप्रभाब-आलोक यादव
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले मुस्लीम धर्मावलम्बीहरुलाई घरमै बकर इद पर्व मनाउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार एक सूचना जारी गर्दै विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको हुँदा उक्त संक्रमणबाट बच्नका लागि भोली (शनिबार) मुस्लिम धर्मावलम्बीहरुले मनाउने बकर इद पर्वको नमाज मस्जिद, ईदगाहमा नपढी आ-आफ्नो घर भित्रै पढी पर्व मनाउन आग्रह गरेको हो ।
कोरोनाको यस संकटको घडीमा घरमै बसेर पर्व मनाउनु पर्दा मुस्लिम समुदायमा पर्न गएको पिडा प्रती सिरहा प्रहरीले क्षमा समेत मागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !