- जनकपुरधाम,साउन १६ गते शुक्रबार ।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले मुस्लीम धर्मावलम्बीहरुलाई घरमै बकर इद पर्व मनाउन आग्रह गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले शुक्रबार एक सूचना जारी गर्दै विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट २ नम्बर प्रदेश उच्च जोखिममा रहेको हुँदा उक्त संक्रमणबाट बच्नका लागि भोली (शनिबार) मुस्लिम धर्मावलम्बीहरुले मनाउने बकर इद पर्वको नमाज मस्जिद, ईदगाहमा नपढी आ-आफ्नो घर भित्रै पढी पर्व मनाउन आग्रह गरेको हो ।
कोरोनाको यस संकटको घडीमा घरमै बसेर पर्व मनाउनु पर्दा मुस्लिम समुदायमा पर्न गएको पिडा प्रती २ नम्बर प्रदेश प्रहरीले क्षमा समेत मागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !