- काठमाडौं,साउन १६ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
करिब साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन प्रकरणमा मुछिएका प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट १ किलो सुन फेला परेको हो । दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा मारेर हेर्दा उक्त परिणामको सुन फेला परेको छ ।
सादा पोशाकका प्रहरी जवान श्रेष्ठलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएर गुमराहमा पार्न खोजेको भन्दै प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानबिन समितले जनाउँदै उनीहरुका शंकास्पद गतिबिधीपछि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको सूचनापछि पत्रकार सम्मेलन गरेर साढे १४ केजी चाँदी र आधाकिलो सुन भएको जनाएको थियो । सुन तस्करीमा प्रयोग भएको स्कार्पियो ललितपुरबात प्रहरीले फेला पारेको छ ।

















