- काठमाडौं,साउन १६ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णाकान्त उपाध्याय घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको छ ।
ठेकदारसँग लिएको एक लाख ४० हजार रुपैयाँ नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचरसहित उनलाई आयोगको टोलीले पक्राउ गरेको छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले पिछा गरी चेकपोष्टमा उनलाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !