Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

  • काठमाडौं,साउन १६ गते शुक्रबार ।।
  • जनप्रभाब-सम्बादाता

ललितपुरको ताल्सीखेल चोकबाट ५ सय मिटरभित्र पुगेपछि पुरानो जुपिटर टोल आउँछ । त्यहीँ छ, सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घर ।

यही घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले बरामद गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो त्यही हो, जसमा सवार व्यक्तिले कमलादीमा चाँदी र सुनको पोको फ्याँकेर हिँडेको प्रहरी दाबी छ ।

तर, यस प्रकरणमा प्रहरी अधिकृतको भूमिका शंकास्पद देखिएपछि गठित एसएसपी मनोजकुमार यादव नेतृत्वको छानविन समितिले भने सुन्धारामा बरामद सामग्रीलाई कमलादीमा लगेर नक्कली घटनास्थल खडा गर्न खोजिएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबारै पत्रकार सम्मेलन गरेर बरामद पहेँलो धातु सार्वजनिक गरेका थिए । त्यसक्रममा प्रहरीको खोजी सूचीमा रहेको गाडीको नम्बर सार्वजनिक हुँदा अभियुक्त गाडी लुकाएर भाग्न सफल भएका थिए ।

को थिइन् कोठा खोज्न आएकी युवती ?

राईका छिमेकीका अनुसार भर्खरै निर्माण सकिएको राईको घरबाहिर फ्ल्याट खाली रहेको विज्ञापन टाँसिएको थियो । त्यही देखेर दुई जना युवती मंगलबार फ्याल्ट सोध्दै आएको घरबेटीका भाञ्जी सरिता राईले अनलाइनखबरलाई बताइन् ।

उनका अनुसार दिउँसो कोठा हर्न भएर आएका उनीहरुले २२ हजार रुपैयाँ मासिक तिर्ने गरी एउटा फ्ल्याटको डिल गरेका थिए । ‘एक जना महिलाले आफूहरु घरमा काम गर्ने भएको बताउनु भएको थियो साथै, आफूले कोठा हेरेपछि साहुले पनि हेर्नु नपर्ने बताउनु भएको थियो’, राईले भनिन्, ‘त्यसपछि साहुलाई बोलाउँछु भनेर फर्किएका उनीहरु त्यो दिन आएनन् ।’

राईका अनुसार बुधबार दिउँसो भने आएर उनीहरुले अग्रिम १० हजार रुपैयाँ भुक्तानी गरेका थिए । घरबेटीले एक महिनाको आधा भाडा अगाडि नै दिनुपर्ने भनेपछि साँझ थप ५ हजार रुपैयाँ दिएको राई बताउँछिन् ।

त्यसपछि राति ९ बजे गाडी कम्पाउण्डमा ल्याएर एक जना पुरुषले गाडी राखेको राई बताउँछिन् । ‘बहिनी पनि थिइन्, गाडी राखेर आउँछन् होला भन्ने थियो’, उनले थपिन्, ‘तर, नआइकन गए, मैले मामालाई पनि जानकारी गराएँ । स्कोर्पियो भनेपछि भोलि आउलान् भनेर सुत्यौं ।’

तर, बिहीबार बिहानैदेखि अपरिचित व्यक्ति घर वरिपरि आउन थालेको आफूले नोटिस गरेको राईले बताइन् । पछि बुझ्दा उनीहरु प्रहरी भएको खुलेको थियो ।

घटनालगत्तै आरोपितले गाडी ललितपुरतिर लगेको खुलेपछि प्रहरीले गाडी फेला पार्न सकेको थिएन । अनुसन्धान अधिकृतहरुले त्यस क्षेत्र आसपास पनि खोजी गरे पनि कुनै सुराक हात परेको थियो । तर, बुधबार राति अभियुक्तको समूहले कहाँबाट गाडी त्यहाँसम्म ल्यायो भने खुलिसकेको छैन ।

बरामद गाडी बाराका इन्साद हुसिनको भएको खुलेको छ । उनी नक्कली नोट कारोबारको अभियोगमा कारबाहीमा परिसकेका व्यक्ति हुन् ।

प्रहरीले प्रकरणमा संलग्न भएको अभियोगमा देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh