- पर्सा,साउन १६ गते शुक्रबार ।
- जनप्रभाब-सम्बादाता
पर्सा प्रहरीले कानुनको धजिया उडाउदै बाराका पत्रकार उमेश दुबेलाई बिना पक्राउ पुर्जी गिराफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी टोलीले माई टेलिभिजन वीरगंजको कार्यालय अगाडिबाट बुधबार बेलुकी करिब ५ः०० बजे गिराफ्तार गरी लगेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले गरेको कतिपय गतिविधिलाई आफ्नो कलमको माध्यमबाट पटक पटक उजागर गर्न सफल भएका पत्रकार दुबेलाई प्रहरीमाथि दुरव्यवहारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तर उनलाई एसपी गंगा पन्तको आदेशमा नियन्त्रणमा लिईएको स्रोतको दाबी छ ।
पत्रकार दुबे बुधबार विहान पावरहाउस चोकमा समाचार संकलन गर्न पुगेकामा मोटरसाईकल प्रहरीले रोकोपछि प्रहरी उपरिक्षक गंगा पन्तकै आदेशमा किन निषेधाज्ञा उलंघन गरेको भन्ने विषयमा विवाद भएपछि त्यो बेला केही प्रहरीले केही गरेन । पछि बेलुकी करिब ५ बजे माई टेलिभिजनको कार्यालयमा पुगेको पत्रकार दुवेलाई प्रहरीको टोलीले गेट अगाडिबाट प्रक्राउ गरेको हो ।
पर्सा प्रहरीको क्राईम ब्रान्चका प्रहरी निरिक्षक रवि भुषण यादव मार्फत तस्करहरु संग महिनावारी उठाएर प्रहरी उपरिक्षकले लिने गरेको समाचार समेत केहि दिन पहिला प्रकाशन भएको थियो । सो समाचारको आधारमा सानो दर्जाका ४ जना प्रहरीलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक धिरज प्रताप सिंहले भर्खरै कारबाही गरेका थिए ।
पत्रकार पक्राउ गरेर पर्सा प्रहरी पत्रकारलाई त्रास देखाई आफ्नो वारेमा समाचार लेख्ने पत्रकारलाई यसरी कारर्वाही गर्न सक्छु भनेर समेत देखाउन खोजेको पत्रकारहरु दाबी गर्दछन्। पत्रकार उमेश दुबे जनगुनासो दैनिक, आर्थीक राष्ट्रिय दैनिक, माई टिभि, टिभि टुडे र न्यु सन्देश दैनिकमा आवद्ध रहेका छन् ।
यस अघि नारायणी एफएम वीरगंजमा कार्यरत्त पत्रकार तिवारी यादवलाई पनि प्रहरीले बिना कुनै कारण पक्राउ गरी यातना दिएको थियो । सो घटनालाई लिएर नेपाल पत्रकार महासंघले कडा आन्दोलनमा उत्रेपछि तिवारीलाई पर्सा प्रहरीले छोडेको थियो । त्यसैगरी बिन्दास एफएम वीरगंजजका पत्रकार बिरेन्द्र साहलाई पनि फेसबुकमा स्टाटस लेखेकै आधारणमा पर्सा प्रहरीले ४ घण्टा थुनामा राखेर पछि छोडेको थियो ।

















