- जनकपुर,साउन १५ गते बिहीबार ।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस महामारी त्रास बढन थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले थप ७ करोड निकासा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड हस्पीटल निर्माण तथा हाल संचालनमा रहेका आइसोलेशनहरुको थप व्यवस्थापन, विरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागी सात करोड निकासा गरेको हो । आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ ।
आवश्यकताको आधारमा जिल्लाहरु बाट मांग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !