- काठमाडौं,साउन १५ गते बिहिवार ।
- जनप्रभाब-सम्बादाता
गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव स्वीकृत गरेको हो ।
प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको गृहका एक उच्च अधिकारीले न्यूज २४ लाई बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी हुनेछन ।
महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !