- सिरहा,साउन १३ गते मंगलवार ।
- जनप्रभाब-सम्बादाता
कृषि सहकारी संस्थामार्फत गाउँगाउँमा पुग्ने रसायनिक मलको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदीपराज कणेलले पहल थालेको हो ।
मुख्यबाली धानखेतीको समयमा रसायनिक मलखादको माग बढिरहेको बेला बजार मलको कृत्रिम अभाव र कालोबजारीको संभावना बढेपछि यसलाई रोक्न प्रशासनले पहल थालेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदीपराज कणेलको संयोजकत्वमा बैठक बसी जिल्लामा रसायनिक मलखाद तथा किटनाशक औषधिको व्यवस्थापन गर्न विभिन्न निर्णयहरु गरेका छन् ।

कृषि सामग्री र साल्ट टेर्डिङ कर्पोरेशन लिमिटेडबाट किसानका लागि गाउँगाउँ लगिने मलको लागि सहकारी संस्थाले अब संचालक समितिको निर्णयसाथ माग गर्नुपर्नेछ । त्यसैगरी, कृषि सामग्री र साल्ट ट्रेर्डिङले वीरगन्ज र विराटनगरबाट ल्याउने सामाग्री र मल लिने संस्थाको पूर्व जानकारी स्थानीय तह, प्रहरी, सहकारी संघ र जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य दिनुपर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सिडियो प्रदीपराज कणेलले जानकारी दिनु भयो ।
त्यसैगरी विक्रेता संस्थाले किन्ने व्यक्तिको नामथर, सम्पर्क नम्बर र ठेगाना विवरण जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्ने निर्णय गरिएको छ । यसअघि कृषि सहकारीहरुले मल गाउँगाउँमा लगेर व्यापारी मार्फत कालोबजारी गर्ने गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !