- काठमाडौं,साउन १३ गते मंगलवार ।
- जनप्रभाब-सम्बादाता
प्रहरीले कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु बरामद गरेको छ । मंगलबार बिहान ९ बजे गाडीमा आएका एक व्यक्तिले झोला फ्याँकेर भागेपछि प्रहरीले खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो पदार्थ १५ किलो र २ वटा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।
गाडीमा भागेका व्यक्ति भएको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फरार व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।
घटनाबारे अहिले साढे १२ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !