Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अख्तियारलाई सांसदको प्रश्‍न : ‘ठूला घटनामा हात हाल्न किन सक्नुभएन ?’




  • काठमाडौं,साउन १२ गते सोमबार ।।।
  • जनप्रभाब-सम्बादाता


अख्तियारले ठूला घटनामा हात हाल्न नसकेको सांसदहरूले आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिदमा संलग्न ओम्नी तथा अन्य ठूला टेन्डर, वाइडबडी विमान खरिद, स्थानीय तह र राजनीतिक संरक्षणमा हुने अनियमितता, मन्त्रिपरिषद्बाट हुने गरेका नीतिगत भ्रष्टाचारलगायत विषयमा अख्तियारको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको अख्तियारको वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रश्न गरे, ‘राजनीतिक दलका नेतालाई कारबाही गर्न चुनौती छ हो ? विद्यार्थी नेतादेखि दर्जनौं सांसद, कर्मचारी र न्यायाधीशका चम्किला गाडी कहाँबाट आए ?’ नेपाली सेना, न्यायाधीश, नेता, ठेकेदार र बिचौलियामाथि कारबाही हुन नसकेको सांसदहरूको जिकिर थियो । अख्तियारले नीतिगत भ्रष्टाचार नहेरेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए ।

नेकपाका विजय सुब्बाले अख्तियारको औचित्य समाप्त भएको बताए । ‘अख्तियार भन्ने संस्था नै राख्न हुँदैन । यो त भ्रष्टाचारीलाई ‘क्लिन चिट’ लिने ठाउँ भएको छ,’ उनले भने । अख्तियार कारबाहीको नाममा झुलाएर राख्ने ठाउँ भएको उनले आरोप लगाए ।

नेकपाकै पम्फा भुसालले अनियमितताको प्रश्न उठेपछि पनि ओम्नीले गरेको औषधि खरिदको भुक्तानी दिने निर्णय मन्त्रिपरिषद्बाटै भएको बताइन् । नेकपाका झपट रावलले राजनीतिमा ठेकेदार र पैसावालाको प्रवेशले भ्रष्टाचार बढाएको दाबी गरे । सांसद छक्कबहादुर लामाले भ्रष्टाचार सिंहदरबारबाट गाउँ पुगेको बताए । अर्का सांसद जनार्दन शर्माले भ्रष्टाचार शक्ति केन्द्रबाटै हुने गरेको धारणा राखे । ‘अख्तियारका प्रमुख आयुक्त र आयुक्त भागबन्डामा नियुक्ति हुने गरेको छ, त्यसैले राजनीतिक क्षेत्र नै भ्रष्टाचारको मूल केन्द्र हो,’ उनले भने ।

कांग्रेसका देवेन्द्रराज कँडेलले स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै जनप्रतिनिधिहरू नै ठेकेदार बनेको आरोप लगाए । अख्तियारमा भागबन्डा गर्दा निष्पक्ष हुन कठिन भएको भन्दै ठूला माछा कारबाहीमा नपर्ने उनको दाबी थियो । कांग्रेसकै अमरेशकुमार सिंहले राजनीतिक क्षेत्र पैसा कमाउने उद्योग बनेको बताए । ‘अख्तियारको क्षमता होइन नियतमाथि नै प्रश्न हो,’ उनले भने । नेमकिपाका प्रेम सुवाल, समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ र रामसहायप्रसाद यादवले अख्तियारले ठूला अनियमितताका विषयलाई पनि छानबिन दायरामा ल्याउनुपर्ने माग गरे ।

ओम्नी र वाइडबडीको छानबिन जारी : प्रमुख आयुक्त घिमिरे

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले औषधि खरिदमा संलग्न ओम्नी, रेल–वे ठेक्का र वाइडबडी प्रकरणलगायतमा छानबिन भइरहेको बताए । ओम्नी प्रक्ररण अनुसन्धानमा गएको र प्रमाण संकलनको चरणमा रहेको उनको भनाइ थियो । वाइडबडी विमान कति मूल्यमा बेचिएको हो भनी सोध्दा बिक्रेताले नभनेको बताउँदै उनले रेल–वेको ठेक्कामा पनि उजुरी आइरहेकाले छानबिन भइरहेको बताए ।

समितिमा सांसदहरूको जिज्ञासा मेटाउने प्रयास गर्दै घिमिरेले ठूला अनियमितताहरूमाथि पनि छानबिन भइरहेको दाबी गरे । मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई वस्तुगत रूपमा परिभाषित गर्नुपर्ने उनको भनाइ थियो । ‘आयोगको प्रस्ट मान्यता के हो भने सार्वजनिक खरिदको विषय नीतिगत निर्णय हुन सक्दैन,’ उनले भने ।

भ्रष्टाचारको न्यूनीकरण आयोगले मात्र गर्न सक्दैन भन्दै उनले पछिल्लो दुई वर्षमा धेरै मुद्दा दायर भएको प्रसंग जोडे । ‘एक रुपैयाँ होस् वा लाखौं, जति घूस खाए पनि ऊ आयोगको नजरमा भ्रष्टाचारी नै हो,’ उनले भने । वडाध्यक्षहरूले समेत करोड घूस लिन थालेको भन्दै उनले आयोगले साना–ठूला कसैलाई पनि नछाड्ने बताए ।

आयोगको सक्रियताका कारण भ्रष्टाचार बढेको देखिएको भन्दै उनले स्थानीय र प्रदेश सरकार कानुन निर्माणको चरणमा रहेकाले अहिले कम सक्रियता देखाएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh