Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नेलाई नै कार्बाही गर्न सांसदहरूको माग


  • काठमाडौं,साउन १२ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता


आज सोमबार सांसदहरूले अख्तियार प्रमुख नबिन घिमिरेलाई अचम्मको प्रस्ताव गरेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

रिसको भरमा बेनामी उजुरी पर्ने भन्दै जनताका प्रतिनिधि सांसदले नै असन्तुष्टि जनाएका छन् । सुशासनका लागि सरकारलाई दबाब दिने जनताका प्रतिनिधिको अख्तियारलाई सुझाब छ, ‘उजुरीकर्तालाई पनि कारबाहीको दायरामा ल्याउनुप-यो ।’

संसद्को ‘राज्य व्यवस्था तथा सुशासन समिति’का सदस्यहरूले प्रतिशोध साँध्न अख्तियारमा उजुरी दिन थालिएको दाबी गरे । त्यसकारण त्यस्ता व्यक्तिमाथि कारबाही हुनुपर्ने उनीहरूको तर्क छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि आयोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा समिति सदस्यहरूले यस्तो प्रस्ताव गरेका हुन् ।

नेकपा सांसद एवं समिति सदस्य झपट रावलले प्रतिशोध साँध्न विनाप्रमाण उजुरी हाल्ने गरिएको दाबी गरे । उनले भने, ‘विनाआधार पनि उजुरी हाल्ने गरिन्छ । कसैले प्रतिशोध साँध्न उजुरी दिन्छ भने त्यस्तालाई पनि कारबाही गरिनुपर्छ । उजुरी दिँदा पर्याप्त आधार र प्रमाण उपलब्ध गराउनुपर्छ ।’

समिति सदस्य पम्फा भुसालले बेनामी उजुरी नै लिन नहुने तर्क राखिन् । ‘बेनामी उजुरी लिनै हुँदैन । रिसले पनि उजुरी हालिदिएका हुन सक्छन् । उजुरी पुष्टि भएन भने त्यो व्यक्तिलाई कारबाही गर्नुपर्छ । आफूले दिएको उजुरीमा सम्बन्धित व्यक्ति जवाफदेही हुनुपर्छ,’ नेकपा सांसद भुसालले भनिन् ।

बेनामी उजुरीमाथि नेकपाकै सांसद रेखा शर्माको पनि आपत्ति थियो । उनले भनिन्, ‘आयोगमा आएका उजुरीमध्ये कति पुष्टि हुन सक्दैनन् ? पूर्वाग्रहका आधारमा कति उजुरी पर्ने रहेछ भन्ने कुरा यहाँबाट पनि थाहा लाग्थ्यो ।’

समिति सदस्यहरूले बेनामी उजुरी लिन नहुने तर्कप्रति अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे असन्तुष्ट देखिन्थे । ‘नाम लेखेर उजुरी लिने हो भने आयोगमा सयवटा उजुरी पनि आइपुग्दैन होला । उजुरीकर्ताको सुरक्षाको विषय पनि प्रमुख हुन्छ । हामी त टेलिफोनबाट आएको कम्प्लेन पनि लिन्छौँ । त्यसका आधारमा पनि अध्ययन गर्छौँ । यदि नाम लिन थाल्ने हो भने अर्काेपटक तपाईंहरूले नै नाम नराखौँ भन्न थाल्नुहुन्छ,’ उनले बैठकमा सांसदहरूलाई जवाफ दिए ।

यद्यपि, झुटा उजुरी पनि बाक्लै आउने गरेको आयोगका आयुक्त गणेशराज जोशीले समितिलाई जानकारी गराए । तर, झुटा उजुरी कुन–कुन हुन् भन्ने कुरा प्राथमिक चरणमै थाहा लाग्ने उनको भनाइ थियो । झुटा उजुरी गरेबापत जरिवाना गरिएको उदाहरण रहेको उनको भनाइ थियो ।

समिति बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोग कसैको छायामा नपरेकोसमेत बताए । समिति सदस्य राजेन्द्र श्रेष्ठले भनाइ थियो, ‘अख्तियार सरकारको छाया बन्यो भन्ने कुरा आइरहेको छ । यस विषयमा आयोगले ध्यान पु¥याउनुपर्छ ।’ यस विषयमा अन्य सदस्यले पनि जिज्ञासा राखेका थिए । जवाफमा घिमिरेले भने, ‘अख्तियार कसैको छायामा परेको छैन । अख्तियारको विकल्प यसैलाई अझै राम्रो सम्पन्न बनाउँदै लैजाने हो । अहिले लोकपालका कुरा पनि आएको छ । त्यो पनि अर्काे कुनै लोकबाट आउने होइन । त्यसैले अख्तियारलाई नै अझै उत्कृष्ट बनाउँदै लैजाउँ ।’

समिति बैठकमा सांसदहरूले अख्तियारले साना माछालाई मात्रै समातेको, तर ठूला माछालाई छुन नसकेको आरोप पनि लगाएका थिए । घिमिरेले आयोगले साना र ठूला माछा भनेर नहेरेको बरु सबै मुद्दालाई समान रूपमा लिने गरेको जवाफ दिएका थिए । एक रुपैयाँ घुस खानेलाई पनि नछाड्ने उनको भनाइ थियो ।

पछिल्लो समय निकै चर्चामा रहेको स्वास्थ्य सामग्री खरिदको विषयमा पनि आयोगले छानबिन गरिरहेको घिमिरेले समितिलाई जानकारी गराए । बैठकमा घिमिरेले सरकारले गर्ने नीतिगत निर्णयबारे पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएका थिए ।

बैठकमा अर्का सदस्य जनार्दन शर्माले राजनीतिक क्षेत्र नै भ्रष्टाचारको मूल केन्द्र भएको बताए । ‘राजनीतिक क्षेत्र नै भ्रष्टाचारको मूल केन्द्र हो । जहाँ पावर छ, त्यो नै भ्रष्टाचारको केन्द्र हो । नाम किन लिनुप¥यो, सबैले म–म भने भइहाल्यो नि ! भ्रष्टाचार मनोवृत्ति र आदतका रूपमा समेत रहेको छ । मूलतः राजनीतिक क्षेत्र नै जिम्मेवार छ,’ उनले भने, ‘अहिले करोडपति मान्छे दुई वर्षपछि अर्बपति हुन्छ । यो कसरी हुन्छ ? भ्रष्टाचार आमजनताको शक्तिभन्दा बाहिर गएर नियन्त्रण गर्न सकिने कुरा होइन । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा म्याराथन दौडजस्तै हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh