- काठमाडौं,साउन १२ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ। यसअघि आइतबार प्रदेश–१ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ। हालसम्म नेपाल प्रहरीमा एक सय ६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !