- काठमाडौं,साउन १२ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । अदालतबाट कसुर सजाय भई फरार रहेका राजेन्द्र कुमार महर्जन कलंकीबाट पक्राउ परेका हुन् ।
कलंकी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्दै आएका महर्जनविरुद्ध उच्च अदालत पाटनले २०७६ माघ २० गते बैकिङ कसुरमा दोषी ठहर गरेको थियो ।
अदालतले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरीवाना सुनाएलगत्तै महर्जन फरार भएका थिए । कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख सहकुल थापाले बताए ।
महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०५२०५०५००६३९३० मा पर्याप्त मौज्दात रकम नभएको भनी जानी–जानी कृष्णभक्त महर्जनलाई झुक्याएका थिए ।
सोही क्रममा २०७५ भदौ ५ गते चेक काटिदिएकोमा बैकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै अदालतले बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरुमा दफा १५(१) बमाजिम फैसला गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !