- काठमाडौं,साउन १२ गते सोमबार ।।
- जनप्रभाब
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने प्रष्ट पार्नु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा कविता लेखेर बस्ने गरेको तर प्रधानमन्त्रीलाई जनताको दुःख र पीर÷मार्का थाहा नभएको टिप्पणी गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो ,‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन् र कोही भोकै मर्नुपर्दैन् भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहाँ छ भन्नेबारे केही थाहा छैन् ।’
सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उहाँको भनाइ छ ।
उहाँले आम नागरिकबीच सरकार नभएको जिकिर गर्दै भन्नुभयो, ‘कहिलेकाहीँ हामी सञ्चारमाध्यमबाटै देख्छौं–यो सरकार नेपालभित्र नभएर बाहिर पो छ कि ? किनकी बाहिरका मान्छे आएर यो सरकार टिकाईदिने, बाहिरका मान्छे आएर सत्तारुढ दलको अविश्वासको प्रस्ताव रोकिदिने ?
बाहिरको मान्छे आएर प्रधानमन्त्रीको आयु लम्ब्याईदिएको देख्दा सरकार हामीसँग छैन् । सरकार हामीभन्दा बाहिर छ कि जस्तो अनूभुति हुन्छ ।’
रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घट्ना कतैपनि सरकार नदेखिएको उहाँको गुनासो छ ।
उहाँले शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरंश पालना गर्ने कुरा संविधानमै प्रत्याभुति गरिएको बताउनु भयो ।
तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उहाँले चेतावनी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !