- जनकपुरधाम,साउन ११ गते आइतबार ।।।
- जनप्रभाब-आलोक यादव
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईंको मास्क खै ? अभियान आइतबार देखि सञ्चालन ल्याएकाछन ।

सर्वसाधारणलाई मास्क प्रयोगको गर्ने बानी बसाउन अभियान थालिएको हो । नागरिकहरु सचेत नभए सम्म यो अभियान जारी राख्ने प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताएकाछन ।

अधिकांश नागरिकहरु प्रहरीलाई देख्दा मात्रै मास्क लगाउने प्रवृत्ति यथावत् रहेकाले सर्वसाधरणमा मास्क अनिवार्य लगाउन बानी गर्नका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको डिआइजी सिंहको भनाइ छ ।

उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र दोस्रो चरणबाट कारबाही गर्ने योजना रहेको बताए ।
प्रहरीले सचेतना फैलाउने क्रममा आइतबार जनकपुरधाम स्थितिमा रहेको मेगा बैंक नेपाल लिमिटेडको अगाडी मास्क खै अभियान अन्तरगत मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा प्रहरी कार्यालय पदाधिकारीहरू, सामाजिक अभियानताहरुका साथै अन्य प्रहरी कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ। अभियान अन्तरगत उक्त स्थानका पसल, पैदल यात्री तथा सवारी साधनमा यात्रा गर्ने मास्क नलगाएका मानिसहरुलाई सम्झाई बुझाई मास्क वितरण गर्ने काम सम्पन्न भएको छ ।

भने सो क्रममा उनीहरूले मास्क प्रयोग नगर्नेहरूलाई नियमित मास्क प्रयोग गर्न आग्रह गर्दै निःशुल्क मास्क वितरण पनि गरेका थिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !