- जनकपुर,साउन ११ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
प्रदेश प्रहरी आफनो अधिनमा नरहेको कारणले शान्ति सुरक्षा स्थापना गर्नमा समस्या भईरहेको भन्दै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले बताइरहेको अवस्थामा मन्त्री र सचिवले सुराकीको नाउमा करिब २४ लाख रुपैया खर्च गरेको छ । महालेखा परिक्षकको आर्थिक वर्ष २०७५।०७६मा सो बराबरको रकम खर्च गरेको जनाइएको छ ।
प्रदेश मन्त्रिपरिषद्को २०७५।२।१० को निर्णयानुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री तथा सचिवलाई भैपरी आउने शान्ति सुरक्षाको काममा विलभरपाई पेश गरी रहनु नपर्ने गरी एक पटकमा महिनाको बढीमा ५ पटकले मन्त्रीलाई प्रतिपटक रु.३० हजार र सचिवलाई रु.१० हजार यो वर्ष मन्त्रीलाई रु.१८ लाख र सचिवलाई रु.६ लाख समेत कूल रु.२४ लाख खर्च लेखेको जनाइएको छ । प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षा स्थापना गर्न नसकेको भन्दै सरकारको आलोचना हुदै आएको थियो । तर सरकारले प्रहरी आफनो मातहत नरहेको भन्दै समस्या आईरहेको अवस्थामा प्रदेश सरकारले समेत संघीय सरकारको नक्कल गरेर रकम बाडन थालेको छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !