- काठमाडौं,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस महामारी शुरु भए देखिने साना तथा मझौला व्यवसायीहरुलाई चरम आर्थिक संकट परेको छ। निम्न वर्गदेखि उच्च वर्गसम्म सबै मानिसहरूलाई आफ्नो आकार अनुसारको अप्ठ्यारो महसुस भइरहेको छ।
नेपालको लोकप्रिय मोबाइल सेवाप्रदायक एनसेलको पनि चरम आर्थिक संकटमा रहेको बुझिएको छ। चरम आर्थिक संकट परेकै कारण एनसेलले विज्ञापनको भुक्तानी नगर्न विभिन्न बहानाबाजी तथा आनाकानी गरिरहेको छ।
विज्ञापन एजेन्सी मार्फत विभिन्न मिडियाहरुलाई एनसेलले विज्ञापन दिइने गरिन्छ । आफै एनसेलले सिधा काम नगर्ने र आफ्ना कामहरु विभिन्न एजेन्सीहरु मार्फत गर्ने गर्दछ । एजेन्सी मार्फत विभिन्न बहानाबाजी तथा अलोकप्रिय निर्णयहरु लागू गर्दा आफू पानीमाथिको ओभानो हुने र सरोकारबालाहरु संग सिधा एनसेल जिम्मेवार पनि हुनु नपर्ने द्वैध नीति एनसेलमा लिएको बताइएको छ।
नेपालसरकारले आह्वान गरेको नाकाबन्दीको समयमा भन्दा बन्दीको समयमा विभिन्न बहानाबाजी गरेर बेतुकको कागजपत्र माग्ने, र त्यही कागज पत्र नपठाएको बहानामा भ्याट बील काटिसकेको बिलको भुक्तानी दिन न सक्ने एजेन्सी मार्फत दिएको प्रमाण नेपाल आज सँग छ।
विज्ञापन मात्र होइन अन्य सेवा प्रदायकहरु, मिडिया, कलाकारहरुलाई पनि तिर्नुपर्ने बक्यौता तिर्न आनाकानी गरेको छ।
कसरी गर्छ त एनसेलले ठगि ?
एनसेलले कामको अर्डर दिन्छ एजेन्शिमार्फत दिन्छ। समयमा नै कान गराउँछ जस्तै विज्ञापन प्रकाशित गर्ने, बिज्ञापन निर्माण गर्ने, विभिन्न सेलिब्रेटीहरुलाई विज्ञापनमा खेलाउने, कार्यक्रम संचालन गर्न लगाउने, कार्यक्रम ब्यबस्थान गर्ने लगाउने आदि। समयमा काम गर्न लगाउने र भुक्तानी न दिने। भुक्तानी दिनै परे एनसेलबाट उठाएको पैसाको १० देखि १५ प्रतिशत मात्र वास्तविक काम गर्नेहरुलाई दिने र ९५-९० प्रतिशत बिचौलियाले खाने । बिचौलियाले भुक्तानी दिदा पनि स्रस्टा हरुको अपमान गर्ने। अपमानित हुनेमा नामचलेका कलाकार तथा भर्खर करियर सुरुगर्ने कलाकार छन्। नेपाल आज
फेसबुकबाट तपाईको प्रतिक्रिया !