- जनकपुर,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
जनकपुरमा जलाउनै लागिएको लास (शव) लाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।
प्रदेश नं. २ को धनुषा जिल्लाको बटेश्वरबाट लासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बटेश्वर गाउँपालिका वडा नं. २ कचहरी टोल बस्ने अन्दाजी बर्ष ८० का वृद्ध राम विलास ठाकुरको लास नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले ठाकुरलाई कुटपिट गरी हत्या गरेको जानकारी र आशंकामा लास नियन्त्रणमा लिएको हो । त्यहाँ स्थित नजिकै रहेको बडहरी खोलामा जलाउँदै गर्दा ठाकुरको शव नियन्त्रणमा लिएका छन ।
ठाकुरको परिवारिक सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको किल्निकमा उपचारको क्रममा मृत्यू भएको बयान दिइएको छ ।
तर, जलाउँदै गरेको ठाकुरको जिउमा डाम र टाउकोमा रगत जमेको हुँदा शंकास्पद देखिएको भन्दै पोष्टमार्टम पश्चात मात्रै अन्तिम सँस्कार गर्न दिने जनाइएको छ । ठाकरको लासलाई पोष्टमार्टमको लागी प्रदेशिक अस्पताल जनकपुर पठाईएको प्रहरी निरिक्षक पप्पु नायकले जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !