- जनकपुरधाम, साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
महोत्तरी जिल्लाको पीपरा गाउँपालिका र आन्दोलित जनता समाजवादी पार्टीबिच बार्ता हुने भएको छ । आज शुक्रबार जसपाले का स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको थियो ।
गाउँपालिका र आन्दोलित पक्षबाट ५/५ जना बार्तामा बस्ने सर्तमा केहि समय पश्चात शुक्रबार नै तालाबन्दी खुलेको गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले जानकारी दिए ।
उनका अनुसार बार्तामा शनिबार दिउँसो नै जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बस्ने समय किटान भएको थियो । तर केहि कारणबस शनिबार बस्न नसकिएकोले आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बार्तामा बस्ने सहमति भएको पीपरा गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले जानकारी दिनु भयो ।
जसपाले विभिन्न २० बुँदे माग राख्दै केहीदिनअघि ज्ञावन वत्र बुझाएको थिाये । तर समयमै माग पुरा नभएको भन्दै जसपाले शुक्रबार नाराबाजी गर्दै तालाबन्दी गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !