- काठमाडौं,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी यतिखेर संकटमा रहेको बताउनु भएको छ ।
४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी विधी र बिचारमा चल्न नसकेकोले पार्टीभित्र समस्याहरु देखा पर्न थालेको बताउनु भएको छ ।
उहँले पार्टी सामुहिक नेत्तृव र व्यक्तिगत जिम्मेवारीका दिएर चल्नु पर्ने भए पनि एकताको मान्डेट अनुसार पार्टी चल्न नसकेको बताउनुभयो ।
यद्यपि पार्टी फुटने हो कि भनेर नेता कार्यकर्ताहरु निराश हुनु पर्ने अबस्था भने नभएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीको एकता बिरुद्ध बिचार केन्द्रित भएर छलफल जारी रहेको बताउनुभयो ।
कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उहाँले भन्नुभयो , ‘अर्काको रगत चुसेर बसेका शासकहरुलाई फ्याकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएका छन् । यो संकटको अवस्था हो ।’
पार्टीमा चलेको संघर्ष कम्युनिस्टहरुको नियमित अभ्यास भएको बताउँदै प्रचण्डले ‘कम्युनिस्टमा वर्ग संघर्ष र वैचारिक विवादमा आइरहन्छ । कम्युनिस्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरुप हो । कम्युनिस्ट पार्टीहरु एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् ।’ उहाले भन्नुभयो ।
उहाले एकता निश्चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुने बताउँदै एकता चोचोमोचो मिलाएर नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो नहुने दाबी गर्नुभयो । उहाले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने बताउनुभयो । हामी अहिलेका कम्युनिस्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिस्ट पार्टीको अभ्यास नै हो।’ उहाले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको बताउनुभयो । ‘पुष्पलालले अनेक दुस्ख र हण्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उहाँकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो। आजको समस्या पनि त्यहीँ पो हो कि ’ उहाले प्रश्न समेत गर्नुभयो ।
यस्तै प्रचण्डले पार्टी भनेको बिचार र बिधिको एकरुपता भएको भन्दै पार्टी फुटबाट जोगाउन निरन्तर एकताकै पक्षमा आफु लागिरहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !