- सर्लाही,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता.
वडा अध्यक्षलाई कुटपिट गरेको अभियोगमा सर्लाही प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाइ लालबाबु राय यादव र स्थानीय शैलेन्द्र राय यादवलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर –३, धनकौल पूर्वारीका वडाध्यक्ष धर्मराज सिंह महतोमाथि बिहीबार कुटपीट भएका थियो ।
वडाध्यक्ष महतोलाई गएसाँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएको थिए । भाटा र लठ्ठीले आक्रमण गर्दा वडाध्यक्ष महतोको हात, छातिलगायत शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।
महतोको हाल ललितपुरमा उपचार भइरहेको छ । केही दिनअघि गाउँमा लागेको असारे मेलामा युवतीलाई जिस्काएको निहुँमा विवाद हुँदै आएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष सिंहमाथि कुटपिट भएको हुन सक्ने आशंका गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !