- काठमाडौं,साउन ९ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह आज शुक्रबार ५ लाख ५३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। घुस वापदको रकम लिएर रौतहटतर्फ जाँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनी र पत्नी किरण साहलाई पनि शुक्रबार पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार घुस लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने उजुरीको आधारमा उनीहरुलाई कोशी गाउँपालिका-८ सुनसरीबाट पक्राउ गरिएको जानकारी दिनु भयो ।
अख्तियारको टोलीले डिभिजन वन कार्यालयकै बा.२झ. ४१० नम्बरको गाडीमा उक्त रकम लुकाएको अवस्थामा साह र पत्नी किरण साहलाई समातेको छ । उक्त घुस दिने व्यक्ति या संस्थाबारे अनुसन्धान भइरहेको अधिकारीले बताए।
प्रवक्ता अधिकारीका अनुसार घुस वापद लिएको उक्त रकम पत्नीको साथबाट बरामद भएको हो। उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !