- सप्तरी,साउन ९ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
प्रदेश २ को जिल्ला सप्तरीमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एकै घरका चार जना समेत छन् ।आज शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय १८ पुगेको छ ।
संक्रमितहरु राजविराज नगरपालिका छ का ५, वार्ड नम्बर सात र नौ का एक एक जना रहेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो समय दैनिक संक्रमित भेटिन थालेका छन् । यसअघि हिजो पनि सप्तरीमा ७ जना संक्रमित भेटिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !