- काठमाडौं,साउन ९ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
पूर्वप्रधानमन्त्री एवम् जसपाका नेता डा.बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको बताएका छन्। शुक्रबार ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा जाने उल्लेख गर्दै ५ बुँदे सुझाव पनि दिएका छन्।
‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ’ भट्टराईले ट्वीट गरेका छन् ‘केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं।’ त्यस्तै भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने पनि जोड दिएका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने उल्लेख गरेका छन्।
यस्ता छन् बाबुरामका पाँच सुझाव
– संसद अधिवेशन बोलाउँ
– केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं
– अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउँ
– भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाउँ
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !