- काठमाडौं,साउन ८ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जन्मकैदको संजाय सुनाइएका पूर्वडीआइजी रञ्जन कोइरालालाई छाड्ने सर्वोच्च अदालतको आदेशको सामाजिक संजालमा चर्को बिरोध भएको छ । रञ्जन कोइराला प्रकरणमा सर्बोच्चको फैसलाले न्यायालयप्रति दर्जनौ प्रस्न उठाएको छ । जनस्तरमा न्यायालयको आदेशको चर्को बिरोध भएपछि रञ्जन कोइरालाको मुद्दामा सरकारले पुनरावलोकनका लागि निवेदन दिने भएको छ । बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको छ ।
श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएको थियो । श्रीमतीको हत्या गर्ने रञ्जन कोइरालालाई छुटाउन उनका आफन्तले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभु शमशेर राणामार्फत् ठूलो सौदा गरेर मार्ने नियत नभए पनि धकेल्दा ज्यान गएको भन्दै छाड्ने आदेश दिएको थियो । कोइरालाको संजाय घटाई धरौटीमा छाड्ने आदेश प्रधानन्यायाधीश राणा र अर्का न्यायाधीश तेजबहादुर केसीले दिएका हुन् ।
त्यसो त पृथ्वी मल्ललाई छाड्ने सर्वोच्चको आदेश पनि विवादमा परेको छ । सवारी अनुमतिपत्र नभएका मल्लले अत्यधिक मादकपदार्थ सेवन गरी लापरबाहीपूर्ण ढंगले चलाएको कारले ठक्कर दिएर गोरखाकी ४२ बर्षीय लीला देवकोटाको मृत्यु भएको थियो ।
काठमाडौंको बुढानिलकण्ठ–५ मा २०७६ मंसिर २८ मा तीव्र गतिमा हुँइकिँदैआएको बा १४ च ६१२३ नम्बरको कारले दिंदा देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार चालक २१ वर्षीय पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेर अनियन्त्रित ढंगले कार चलाइरहेका थिए । त्यसक्रममा सडकपेटीमा रहेकी देवकोटालाई कारले ठक्कर दिएको थियो । तर त्यसरी मादकपदार्थ सेवन गरी सडक पेटीमा हिंडिरहेका बटुवा मार्ने मल्ललाई पनि सर्वोच्च अदालतले असार ३१ मा छाड्ने आदेश दिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र मनोज शर्माले मल्ललाई छाड्ने आदेश दिएका हुन् ।
उजुरीकर्ताले फैसला नातावादको प्रभावमा परी आफ्नो तथा आफन्तको फाइदाको उद्देश्यले गरिएको आरोप लगाएका छन् । मल्ल न्यायाधीश सपनाका नातेदार भएकाले उनले मानसिक रोगी भएको भन्दै छाडेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा ३ देखि १० वर्ष कैद सजायको माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।काठमाडौं जिल्ला अदालतले मादक पदार्थ सेवन गरेर सावधानी नअपनाएर कार चलाएकै कारणले पैदल यात्रु महिलाको ज्यान गएको भन्दै मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालतले पनि सदर गरेको थियो । तर सर्वोच्च अदालतले धरौटीमा छाडेको छ ।
नेपाल फेस
तस्वीरः माथिल्लो लहरमा चोलेन्द्रशमशेर राणा, तेजबहादुर केसी, सपना प्रधान मल्ल, मनोज शर्मा र तल्लो लहरमा रन्जन कोइराला, पृथ्वी मल्ल (बीचमा मल्लको दुर्घटनाग्रस्त कार)

















