- झापा,साउन ८ गते बिहीबार ।
- जनप्रभाब-सम्बादाता
प्रहरीको काम नागरिकको जिउधनको रक्षा गर्ने हो । विपद्का वेला नागरिको उद्दार र राहतमा पनि उतिकै सक्रिय देखिन्छ, प्रहरी ।
तर, विपद्का वेला आँसु पुछ्ने र साहरा बन्ने प्रहरीले वेलाबखत नागरिकलाई विचिल्ली पनि बनाउने गरेको छ । सरकारी जग्गा अतिक्रमण गरेको भन्दै घर भत्काइदिएपछि झापाको कमल गाउँपालकाका ५२ घर परिवारको अहिले यस्तै विचल्ली भएको छ ।
सशस्त्र प्रहरीले घर भत्काइ दिए पछि झापा लखनपुरका ५२ परिवार चार महिनादेखि खुल्ला आकास मुनि रात बिताउदै आएका छन् । सशस्त्र प्रहरीको नाममा रहेको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै पाथिभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरीले उनीहको घर भत्काइ दिएका हुन् ।
बासको विकल्प नभएको बताउने उनीहरु चौध वर्षदेखि दैनिकी गुजार्दै आएको घर प्रहरीले भत्काइ दिएपछि लकडाउन र वर्षे झरीमा त्यही स्थानमा रुझ्दै कष्ट सहदै रात विताउन बाध्य बनेको स्थानीय मेनुका भुजेल र चन्द्रप्रसाद भुजेलको गुनासो छ ।
घर भत्काइएका ५२ परिवार मध्ये ३४ परिवार सुकुम्बासी हुन् । २०६० सालमा माओवादी द्वन्द्व उत्कर्षमा रहेका वेला सशस्त्र प्रहरीले नै आफ्नो समेत सुरक्षा हुने भन्दै स्थानीय र सुकुम्वासीलाई यस स्थानमा वस्ती बसाउन सहयोग गरेका थिए ।
तर अहिले आफूहरुलाई विकल्प नदिइ विजोग बनाएको सुकुम्बासी रेजिना राई र सरस्वती भण्डारीको गुनासो छ ।
ज्याला मजदुरीको भरमा जीविकोपार्जन गर्दै आएका उनीहरुलाई अहिले कसरी हातमुख जार्ने भन्ने समस्या छ । तर उनीहरुको समस्या प्रति स्थानीय जनप्रतिनिधि उदासिन देखिन्छन् ।
सुकुम्बासी समस्या वर्षौ देखिको समस्या हो । तर पटक–पटक प्रतिबद्धता गरेपनि राज्यले व्यवस्थापन गर्न नसक्दा उनीहरु यस्तो कष्ट र पीडा भोग्न बाध्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !