- जनकपुर,साउन ८ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
धनुषा जिल्लामा तस्करी बढेको हो । २० लाख बढीको मदिरा र चार ट्याक्टर पक्राउ परेको २४ घण्टा नबित्दै प्रहरीले लाखौंको केराउ र छोकडा बरामद गरेको छ ।

जनकनन्दनी गापा३ गाडाबाट ईलाका प्रहरी कार्यालय खजुरी र सशस्त्र प्रहरी बेश क्याम्प खजुरीले नेपालबाट भारततर्फ लग्दै गरेको ४२ हजार बराबरको ३५ वोरा (२५ के.जी.) केराउ बरामद गरेको छ । तस्करहरु भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
यस्तै विशेष सुचनाको आधारमा खजुरी प्रहरीले नै जनकनन्दनी गापा ३ महुवास्थित जितेन्द्रलाल दासको फुसको घरमा अवैधरुपामा राखेको ५० केजीको १०५ बोरा छोकडा ५ लाख २५ हजार , २५ केजीको २९ बोरा केराउ अन्दाजी ३४ हजार ८ सय र ५० केजीको ३६ बोरा केराउ अन्दाजी ८६ हजार ४ सय बराबरको बरामद गरेको छ ।
बरामद केराउ र छोकडा अन्दाजी ६ लाख ८८ हजार २ सय बराबरको रहेको र आवश्यक कारवाहिको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !