- लहान,साउन ८ गते बिहीबार ।
- जनप्रभाब-सम्बादाता
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रबाट एक जनालाई २० लाख रकमसहित पक्राउ गरेका छन्। सिरहाको अर्नमा गाउँपालिका- ४ लक्ष्मीपुरका ३७ वर्षीय सुकदेव ठाकुरलाई अवैध रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख एसपी प्रवीण कडेँलले जानकारी दिनु भयो ।
ठाकुरलाई सिरहा नगरपालिका वडा नम्बर – १९ स्थित सोहर्वा नाकाबाट पक्राउ गरेको छ । उनी भारतीय बजारबाट नेपालतर्फ आइरहेका थिए।
रकमसहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको एसपी कडेँलले बताए। कडेँलका अनुसार ठाकुर मंगलबार राती पक्राउ गरेका हुन्। कानूनी प्रक्रिया पुर्याएर बिहीबार उनलाई सार्वजानिक गरिएको हो। ठाकुर भारतीय बजारबाट हुण्डी कारोबारी वा व्यापारी पैसा भरियाको रुपमा बोकेर आउँदै गरेको आशंका गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !