- सिरहा,साउन ८ गते बिहिवार ।।
- जनप्रभाब-सम्बादाता
सरुवा भएर प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिपराज कणेल सिरहा पुगे लगत्तै सरसफाई अभियान सुरु गरेका छन् ।
सिडिओ कणेलको अगुवाईमा आज विहान सिरहा सदरमुकामको विभिन्न भागमा सरसफाई गरिएको छ । सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत सहभागी थिए । सिडिओ कणेलले सरसफाइको निरन्तरता दिने बताएका छन् ।
सरसफाई अभियन्ता धिरेन्द्र साह भन्छन्, ‘साधुबाद सिडिओ साहेब, सरसफाईले निरन्तरता पाओस् । अरूले गरी देला भनेर मुख ताक्नु भन्दा आफूले फालेको फोहर सफा गर्ने बानीको विकास गरौं ।’
सिडिओ कणेल धनुषामा बस्दा समेत प्रसंसनीय सामाजिक कार्यहरु गरेर चर्चामा थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !