- सिरहा,साउन ८ गते बिहिवार ।
- जनप्रभाब-सम्बादाता
सिरहाकाे औरही गाउँपालिका – २ तुलसीपुरमा गागन नदिको पानीबाट बाढी तथा डुबानमा परेका क्षेत्रमा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री मा.बिजय कुमार यादवद्वारा निरिक्षण तथा अवलोकन गरेको छ ।
बुधबार औरही गाउँपालिकामा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री मा.बिजय कुमार यादवले सिराहा निर्वाचन क्षेत्र नम्बर २ (क ) औरही गाउँपालिका-२ तुलसीपुर टाेलभित्र बाढी प्रभावित तथा डुबान सम्भावित क्षेत्रको निरिक्षण तथा अवलोकन गरेको हाे ।
सिराहा निर्वाचन क्षेत्र नम्बर २ (क ) भित्र रहेका बाढीबाट प्रभावित क्षेत्र र डुबानमा परेका घरपरिवारहरुकाे समस्या समाधानका निरिक्षण तथा अवलाेकन गरेको मन्त्री यादवले बताउनुभयो । यससँगै मन्त्री यादवले तत्काल खाेला कटानलाई नियन्त्रण गर्ने र जाेखिममा परेका घरपरिवारहरुलाई व्यवस्था मिलाए वर्षाभरि त्यहाँ नबस्न आग्रह पनि गरेको थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !