- पर्सा,साउन ७ गते बुधबार ।
- जनप्रभाब
भ्रष्टाचार भएको भन्दै आवाज उठाउने विरुद्ध प्रहरीले सार्वजानीक आपराध मुद्दा दर्ता गरेको हो ।
कालिकामाई गाउँपालिका वडा नं-४ स्थित प्रशुरामपुरमा भएको विकास निर्माणको काममा अनियमितता भएको भन्दै बिरोध गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिने विरुद्ध नै गाउँपालिकाको जनप्रतिनिधिको दबावमा प्रहरीले मुद्दा दर्ता गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
गत असार ३० गते वडामा भइरहेको सडक ढलान मापदण्ड विपरित भएको भन्दै स्थानियहरुले विरोध जनाएका थिए । सोही अनियमितताको सम्बन्धको विषयलाइ लिएर छानविनको माग गर्दै स्थानिय संजय कुमार साह, बैदनाथ राउत बरै, सिकेन्द्र देवान लगायतका ४ जनाले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।
सोही बिषयलाई लिएर आज जिल्ला प्रहरी कार्यालय पर्सामा हुने भनिएको पंचायतीमा सहभागि हुन आएका निवेदक संजय साह गोढ र उनका भाई रंजित साह गोढलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरिक्षक मनोजित कुँवरका अनुसार बिकास निर्माणको काममा खलल पुर्याउने कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।
तर प्रवक्ता कुँवरले कस्तो किसिमको विकास निर्माणको काममा बाधा पुर्याएका हुन भनेर सोध्दा प्रवक्ता कुँवरले खुलाउन चाहनु भएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !