- वीरगञ्ज,साउन ७ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
पर्सा प्रहरीले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको छ ।
गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरिएको अवैध सामान भन्सार बुझाइएको प्रहरीको भनाइ छ ।
साउन ४ गते बरामद गरिएको अवैध समान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !