Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘झापा प्रहरीको सक्रियताले अपराधजन्य घटनामा कमी’


  • झापा,साउन ७ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता


पछिल्लो तीन वर्षमा झापामा चार हजार तीन सय २१ वटा घटना घटेका छन् । तीन वर्षकै तथ्याङ्क हेर्दा झापामा हरेक वर्ष अपराधजन्य घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७६÷०७७मा जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार एक हजार एक सय ७० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४÷०७५मा भन्दा २०७५÷०७६मा कूल मुद्दा दर्ता संख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६÷०७७मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको संख्या नै घटेको छ । विशेषगरी आर्थिक वर्ष २०७६÷०७७मा जिल्ला प्रहरी कार्यालय झापाले के–के ग¥यो त ? समग्रमा प्रहरीले गरेको कामका विषयमा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला सँग पूर्बाञ्चल दैनिकका सहसम्पदक सुरेन्द्र भण्डारीले गरेको कुराकानी ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा झापामा अपराधका घटनामा कमी आएको देखिन्छ । के प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधार मान्दा साच्चै जिल्लामा अपराधका घटनामा कमी आएको हो त ? के कारणले अपराध घट्यो त ?

– झापामा तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा अपराध घटेको छ । छिट्फुट रुपमा आपराधिक गतिविधि भए पनि त्यस्तो जघन्य अपराधका घटनामा भने कमी आएको छ । यो प्रहरीको सक्रियता र अपराधजन्य मानसिकता भएका व्यक्तिहरुलाई सम्झाई–बुझाई गर्दै त्यस्तो गतिविधिबाट टाढा राख्न भएको प्रयास नै हो । प्रहरीले समुदायसँग साझेदारी गर्दै विभिन्न समयमा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि झापामा अपराधका घटनामा कमी आएको हो । आर्थिक वर्ष २०७४÷०७५मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६ सय ८७ वटा मुद्दा दर्ता भए पनि २०७५÷०७६ मा एक हजार चार सय ६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७६÷०७७मा एक हजार एक सय ७०वटा मात्र मुद्दा दर्ता भएका छन् ।

जसमा कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् । पछिल्लो तीन वर्षमा झापामा चार हजार तीन सय २१ वटा घटना घटेका छन् । जसमा तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४÷०७५मा भन्दा २०७५÷०७६मा कूल मुद्दा दर्ता संख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६÷०७७मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको संख्या नै घटेको छ । आर्थिक बर्ष २०७४÷०७५भन्दा आर्थिक बर्ष २०७५÷०७६मा दर्ता भएका मुद्दाहरुमध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत र आर्थिक बर्ष २०७६÷२०७७मा अघिल्लो आर्थिक बर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७५÷०७६ को तुलनामा आर्थिक बर्ष २०७६÷०७७ मा लागूऔषधका मुद्दा समेत ६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या, जबरजस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाह लगायतका मुद्दा आर्थिक बर्ष २०७६÷०७७मा कमी आएको छ । मुद्दा दर्ताको संख्यामा कमी आउनुको कारणमध्ये कोभिड–१९को रोकथाम तथा न्यूनीकरणका लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदि हुन् ।
जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्ने क्रममा यहाँहरुले फरार प्रतिवादीलाई पनि धमाधम पक्राउ गर्दै हुनुहुन्छ । केही दिनअघि १४ वर्ष अगाडि भएको हत्या काण्डका फरार प्रतिवादीलाई पक्राउ गर्दै मुद्दा अघि बढाउनु भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा त्यस्ता कति फरार प्रतिवादीहरुलाई पक्राउ गर्नुभयो ?

– अदालतको फैसला कार्यान्वयन गराउने काम पनि प्रहरीको जिम्मेवारीभित्रै पर्छ । प्रहरीको जिम्मेवारीलाई हामीले पालना गर्ने क्रममा एक आर्थिक वर्षमा हामीले ९० जना त्यस्ता फरार अभियुक्तलाई पक्राउ गर्दै अदालतलाई बुझाएका छौं । केही दिन अघि मात्रै झापाको झापा गाउँपालिकास्थित टाघनडुब्बा भन्ने ठाउँमा भएको हत्याकाण्डका फरार अभियुक्तलाई पनि पक्राउ गर्दै सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएका छौं । हामीले फरार प्रतिवादीलाई पक्राउ गर्दा एक करोड सात लाख ७२ हजार दुई सय १ रुपैयाँ बरावरको राजश्व संकलन भएको छ । ९० जना पक्राउ परेका प्रतिवादीहरुको कैद अवधिलाई जोड्ने हो भने ६१ वर्ष ११ महिना ८ दिन हुन आउँछ । हाम्रो अधिकतम् प्रयास नै रहन्छ अपराधरहीत समाज निर्माण गर्ने । यही क्रममा हामीले त्यस्ता फरार आपराधिक गतिविधिमा संलग्नलाई पनि पक्राउ गरिरहेका छौं ।
अघिल्ला वर्षको तुलनामा झापामा घरेलु हिंसा सम्बन्धीका उजुरी त जिल्लामा १९ प्रतिशतले बढेको देखिन्छ । के कारणले घरेलु हिंसा चाहि बढ्यो नि ?

– घरेलु हिंसा सम्वन्धी तीन वर्षको तथ्याङ्क हेर्दा केही मात्रामा उजुरी गर्नेको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५मा घरेलु हिंसा सम्वन्धी ६९ वटा उजुरी परेका थिए । जसमा ६० वटा सहमति भएको र ४ वटा अदालत पठाइएको थियो भने ५ वटा मुद्दा फछ्र्यौट हुन बाँकी थिए । आर्थिक वर्ष २०७५÷०७६मा १५२ वटा उजुरी परेका छन् । त्यसमा १२० वटा सहमति भएको, ८ वटा अदालत, २४ वटा फछ्र्याैट हुन वाँकी थिए । तर, आर्थिक वर्ष २०७६÷०७७ मा १८१ वटा उजुरी परेका छन् । जसमा १४३ वटा सहमति भएको र १३ वटा अदालत पठाइएको थियो भने २५ वटा फछ्र्यौट हुन बाँकी छन् । घरेलु हिंसाका उजुरीलाई विश्लेषण गर्दा सबैभन्दा धेरै घरेलु हिंसाको कारण कुटपिट तथा झैं झगडा रहेछ । कूल उजुरीको ६३ वटा घरेलु हिंसा कुटपिट र झैंझगडाबाट भएको देखिन्छ । त्यसपछि ५५ वटा घटना मादक पदार्थ सेवन, ३५ वटा उजुरी खान लाउन नदिएको र २८ वटा सामाजिक सञ्जालका कारण हुने गरेको आर्थिक वर्ष २०७६÷०७७मा उजुरी परेका थिए । सामाजिक सञ्जाल तथा फोनको दुरुपयोगबाट भएको पाउन सकिन्छ । कूल घरेलु हिंसाको उजुरीको कारण मध्ये सबैभन्दा धेरै ३५प्रतिशत कुटपिट तथा झैझगडाको कारण रहेको पाइएको छ भने मादक पदार्थ सेवनको कारणबाट ३० प्रतिशत र सामाजिक सञ्जाल तथा फोनको दुरुपयोगको कारण १५प्रतिशत घरेलु हिंसाको उजुरी प्रहरी कार्यालयमा परेको छ ।
कुन स्थानीय तहमा घरेलु हिंसाका घटना धेरै घटेका रहेछन् ?

– झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकामा सबैभन्दा धेरै २९ प्रतिशत घरेलु हिंसाको घटनामा उजुरी प्राप्त भएको छ भने सबैभन्दा थोरै ०.५५ प्रतिशत उजुरी बुद्धशान्ति गाउँपालिकाबाट प्राप्त भएको छ । पालिकागत रुपमा हेर्ने हो भने भद्रपुरमा ५१, मेचीनगरमा २, दमकमा ५३, कनकाईमा ३, अर्जुनधारामा ८, बिर्तामोडमा २४, शिवसताक्षीमा ७, गौरादहमा २, कमलमा १२, गौरीगञ्जमा र वाह्रदशीमा ३÷३, वुद्धशान्तिमा १, झापामा २, हल्दिवारीमा ७ र कचनकवलमा ३ वटा उजुरी परेका छन् ।
यौनजन्य अपराधका घटनाको अवस्था के छ झापामा ?

– यौनजन्य अपराधका घटनामा पनि कमी आएको छ । समग्र त्रिवर्षीय तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४÷०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना वाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको थियो । तर, आर्थिक वर्ष २०७५÷०७६ मा १७४ वटा यौन जन्य अपराधका घटना घटेपनि आर्थिक वर्ष २०७६÷०७७ मा १२६ वटा मात्रै यौनजन्य अपराधका घटना घटेका छन् । जसमा आर्थिक वर्ष २०७६÷०७७मा जवरजस्ती करणीका ८५, करणी उद्योगका २४ र बाल यौन दुव्र्यवहार र अप्राकृतिक मैथुनका १७ वटा घटना घटेका छन् । मुलुकी फौजदारी अपराधसंहिता २०७४, मिति २०७५साल भदौ १ गतेबाट लागू भएसंगै प्रहरीले अहिले वाल यौन दुरुपयोग सम्वन्धीको कानूनी व्यवस्था भएकाले आर्थिक वर्ष २०७६÷०७७ मा वाल यौन दुरुपयोग मुद्दा दर्ता थालेको छ । यौनजन्य अपराधका घटनालाई हेर्ने हो भने ८५ प्रतिशत घटना जवरजस्ती करणी, २४ प्रतिशत उद्योग, १३ प्रतिशत बाल यौन दुरुपयोग र ४ प्रतिशत अप्राकृतिक मैथुन जस्ता अपराधका घटना हुने गरेको छ । झापामा बिर्तामोड नगरपालिकामा धेरै यौनजन्य अपराधका घटना घट्ने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७मा मात्रै बिर्तामोड नगरलालिकामा १४, भद्रपुरमा १३, दमकमा १२, मेचीनगर अर्जुनधारामा ८÷८ र कनकाई तथा गौरादहमा ५÷५, त्यस्तै शिवसताक्षीमा ४ वटा घटना घटेका छन् । गाउँपालिकामा बाल यौनजन्य दुरुपयोग, अप्राकृतिक मैथुन जस्ता अपराधका घटना धेरै घट्ने गरेको पाइएको छ । बुद्धशान्ति गाउँपालिकामा ६ वटा यस्ता बाल यौनजन्य अपराधका घटना घटेका छन् । गाउँपालिकामा गौरीगञ्ज गाउँपालिकामा यौनजन्य ५ वटा घटना आर्थिक वर्ष २०७६÷०७७मा घटेका छन् । यौनजन्य अपराधका घटनामा १८ वर्षमुनिका बालबालिका नै सबैभन्दा धेरै पीडित बन्ने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ४६ वटा जवरजस्ती करणी मुद्दा दर्ता भएका छन् ।

त्यस्तै १८देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुको हकमा ३७ जना यो अवधिका बलाकृत भएका छन् भने २५÷३५ बर्ष उमेर समूहका किशोरी तथा महिलाहरु ८ प्रतिश मात्रै वलाकृत हुने गरेको अवस्था रहेको छ । यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्ष उमेर समूहका पीडक धेरै रहेका छन् । यो अवधिमा ३५ जनालाई प्रहरीले जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।यौनजन्य अपराधमा सामान्य लेखपढ गर्न जान्ने ९७ प्रतिशत मानिस यौनजन्य अपराधमा संलग्न हुने गरेको अवस्था छ ।
आत्महत्या गर्नेको अवस्था कस्तो छ ? अनि महिलाले कि पुरुषले झापामा धेरै आत्महत्या गर्दा रहेछन् ? यहाँहरुले त आत्महत्या गर्नुपर्ने कारण पनि केलाउनु भएको होला नि ?

– आर्थिक बर्ष २०७४÷०७५भन्दा आर्थिक बर्ष २०७५÷०७६मा आत्महत्याको घटनामा १७ प्रतिशतले बृद्धि र आर्थिक बर्ष २०७६÷०७७मा अघिल्लो आर्थिक बर्षको तुलनामा २३ प्रतिशतले आत्महत्याका घटना घटेको देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५मा २४७ जनाले आत्महत्या गरेका थिए ।

तर, आर्थिक वर्ष २०७५÷०७६ मा २८८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७मा २२३ जनाले आत्महत्या गरेको अवस्था छ । स्थानीय तहगत रुपमा हेर्ने हो भने नगरपालिकातर्फ मेचीनगरमा धेरैले आत्महत्या गरेका छन् । मेचीनगरमा ४० जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम अर्जुनधारामा ४ जनाले आत्महत्या गरेका छन् । भद्रपुरमा आत्महत्या गर्नेको संख्या २८, दमकमा २३, कनकाईमा ८, बिर्तामोडमा १४, शिवसताक्षीमा ८ र गौरादहमा २० जनाले आत्महत्या गरेका छन् । कूल घटनाको ६५ प्रतिशत घटना नगरक्षेत्रमा घट्ने गरेका छन् । अब गाउँपालिकातर्फ हेर्ने हो भने वुद्धशान्ति गाउँपाालिकामा धेरैले आत्महत्या गरेका छन् । वुद्धशान्तिमा २१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै वाह्रदशीमा ७ जनाले आत्महत्या गरेका छन् ।

यो गाउँपालिका तर्फको सबैभन्दा थोरै आत्महत्याको विवरण हो । कमल गाउापालिकामा १९, गौरीगञ्जमा ८, झापामा ८ , हल्दिवारीमा १७ र कचनकवलमा ६ जनाले यो एक वर्षको अवधिमा आत्महत्या गरेका छन् । कूल आत्महत्याको ३६प्रतिशत घटना मात्रै गाउँमा घट्ने गरेको पाइएको छ । अब नगरपालिकाको पनि कुरा गर्दा दमक नगरपालिकाको ३ नम्वर वडा र बुद्धशान्तिको ४ नम्वर वडामा धेरैले आत्महत्या गरेको देखिन्छ । जहाँ एक वर्षमा ७÷७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झुण्डिएर २०० जना, घाँटी रेटेर ३ र विष सेवन गर्ने २० जना रहेका छन् । महिनाको कुरा गर्दा झापामा आत्महत्याका घटना चैतमा धेरै घटेको देखिन्छ । चैतमा मात्रै ३४ वटा आत्महत्याका घटना घटेका छन् ।

आत्महत्या गर्नेमा १८–२५का धेरै छन् । १८देखि २५ वर्ष उमेर समूहका ५७ जनाले आत्महत्या गरेका छन् । कुल आत्महत्या गर्ने व्यक्ति मध्ये २६प्रतिशत व्यक्ति १८– २५ बर्ष उमेर समूहका रहेका छन् । आत्महत्या गर्ने व्यक्ति ५९ प्रतिशत पुरुष छन् । कूल आत्महत्या गर्ने व्यक्ति मध्ये २९ प्रतिशत व्यक्ति ज्याला मजदुरी पेशा गर्ने रहेका छन् । कूल आत्महत्या गर्ने व्यक्ति मध्ये ६५५ साधारण लेखपढ मात्र गर्न जान्ने व्यक्ति रहेका छन् । जसमा ५२ प्रतिशत मानिस विवाहित छन् । आत्महत्याको कारण हेर्ने हो भने मानसिक विचलनको कारण आत्महत्या गरेका मृतकहरुले डिप्रेसन सम्बन्धी औषधिको सेवन गर्ने गरेको पाइएको छ । घरायसी समस्याको कारण ३९५ मानिसहरुले आत्महत्या गरेको पाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने
जनप्रभाबन्युज विशेष

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

51 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
जनप्रभाबन्युज विशेष

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

53 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली
जनप्रभाबन्युज विशेष

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

54 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
जनप्रभाबन्युज विशेष

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

55 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै
जनप्रभाबन्युज विशेष

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

56 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज
जनप्रभाबन्युज विशेष

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

57 mins पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

51 mins पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

53 mins पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

54 mins पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

55 mins पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

56 mins पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

57 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh