- काठमाडौं,साउन ७ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।
निको हुनेको कुल संख्याको प्रतिशतमा यो ७० दशमलव ११ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १० देखि साउन ७ गते (आज)सम्मको पीसीआर परीक्षण र संक्रमित पाइएको तथ्यांक पेश गर्दै नेपालमा संक्रमणको दर घट्दै गएको बताएको छ ।
असारको मध्यतिर संक्रमित दर ८ देखि १० प्रतिशत रहेकोमा हाल यो दर २ देखि ३ प्रतिशतमा झरेको पनि मन्त्रालयको भनाइ छ । यद्धपि अझै पनि संक्रमणको जोखिम कम नभइसकेको भन्दै स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सर्वसाधारण सबैमा आग्रह गरेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर गरिएको ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । योसंगै मुलुकभर २ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !