- ललितपुर,साउन ७ गते बुधबार ।।
- जनप्रभाब
स्थानीय तहहरु बेथितिका अखडा बनेका छन् । स्थानीय तहका कतिसम्म बेथिति मौलाएको छ भन्ने कुरा यो वर्षको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
उपत्यकाकै ललितपुर महानगरपालिकाले खाजामा मात्र जनताको एक करोडभन्दा धेरै पैसा सिध्याएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार महानगरले १ करोड १ लाख ८१ हजार रुपैयाँ पदाधिकारीको खाजा खर्चमा सिध्याएको हो ।
अर्थात एक दिनमा महानगरपालिकाका कर्मचारीले २८ हजार रुपैयाँको खाजा खाने गरेको देखिन्छ । एक सय ३९ पदाधिकारीले यसरी खाजा खर्च दुरुपयोग गरेका हुन् । विदा बाहेक नै उनीहरुले एक दिनमा प्रति व्यक्ति दुई सय रुपैयाँ भन्दा महँगो खाजा आएको देखाएर जनताबाट असुलिएको करमा लुट हुने गरेको छ ।
कांग्रेसबाट निर्वाति मेयर चिरीबाबु महर्जनकै नेतृत्वमा यस्तो अनियमितता भइरहेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !