- वीरगञ्ज,साउन ७ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
ठुलै षड्यंत्र गरेर फसाउन खोजिएको वीरगञ्जका चर्चित युवा नेता कुंवादन सिंह कुर्मी ‘टाइगर’ लाई प्रहरीले रिहा गरेको छ ।
एक युवतीलाई ब्लैक मेल गरिएको आरोपमा पक्राउ परेका टाईगरलाई पिडित भनिएका युवतीले आफुखुशी उजुरी दिन न आएपछी प्रहरीले टाईगरलाई रिहा गरेको हो।
प्रतिनिधिसभा पर्सा क्षेत्र नं. १ माननीय सांसद प्रदिप यादवले आफ्ना खास कार्यकर्तालाई काठमाण्डौंबाट आएर प्रहरी हिरासतबाट छुटाएपछि उनको वाह–वाही शुरु भएको छ ।
एक युवतीसंग भएको विवादमा प्रहरी प्रमुखलाई रक्सी खाएको झोकमा माननीय सांसद यादवको खास कार्यकर्ता कुन्दन सिंह ‘टाईगर’ ले सोमबार गाली गरेको पर्सा प्रहरी समक्ष मौखिक उजुरी परेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।
कुन्दनको गिरफ्तारीबारे थाहा पाएपछि आनन–फाननमा सांसद प्रदिप यादव राती नै वीरगंज आईपुगे ।
मंगलबार बिहान देखि प्रहरीमाथि दबाब सिर्जना गरेर पीडित भनिएका युवतीले आफु खुसी उजुरी दिन नआएपछि पर्सा प्रहरीले कुन्दनलाई रिहा गरेको छ ।
आफ्नो कार्यकर्ता प्रतिको यो विशेष लगाव देखेर माननीय सांसद प्रदिप यादवको कार्यकर्ता पंक्तिमा वाह–वाही शुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !