Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्थानीय तहमा वेथिती : सप्तकोशी नगरपालिकामा वनाएको २ वर्ष नपुग्दै दुई ओटा पुल भत्किए

  • लहान,साउन ६ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

प्रदेश नम्बर २ को जिल्ला सप्तरीका प्राय स्थानीय तहलाई वजेट दुरुपयोग गरेको आरोप लाग्छ । वाटो, पुल–पुलेसा, नाला निर्माणदेखि लिएर आस्थाको केन्द्र मानिने मन्दिर निर्माणमा समेत कमिसनको चक्करमा गुणस्तर हिन काम गरेको आरोप लाग्नु सामान्य जस्तै छ।

आरोप मात्र होईन, कतिपय काम गुणस्तरहिन भएको पुष्टि पनि भईरहेका छन् । निर्माण भएका संरचना एक वर्ष नपुग्दै भत्किन थाल्नुले स्थानीयको आरोपलाई नै वल पुर्याउँछ । यति मात्र होईन, जिल्लाको सप्तकोशी नगरपालिका–२, सिद्धिपुर–सखुवनी रोड निर्माणमा मापदण्ड विपरीत काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ३० गते तत्कालिन कार्यकारी अधिकृत, प्राविधिक र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गर्नुले पनि नागरिकको आरोप सत्यको नजिक छ भन्ने कुरामा द्विविधा छैन।

तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रक्रिया छली भ्रष्टाचार गरेको अख्तियारले ठहर गर्यो ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट १४ लाख ९९ हजार ४५४ रुपैंयाको कामलाई एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत सुन्दर कन्स्ट्रक्सन, शान्ति निर्माण सेवा र भष्मरवि निर्माण सेवालाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम काम नगरेको आयोगको ठहर छ । त्यसमाथि लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरेर १४ लाख ९७ हजार ९ सय ७२ रुपैंया भुक्तानी गरी हिनामिना गरेको अख्तियारले आरोप पत्र तयार पारेको छ।

गुणस्तरहिन कामको नतिजाः वाढिले पुल वगायो
यति मात्र होईन, सप्तकोशी नगरपालिकामा यतिवेला सामान्य वाढिमै दुई वटा पुल वगाएको विषय चर्चामा छ। पुल भत्किएपछि चौतर्फि विरोध सुरु भएको छ भने गलत काम गर्ने सवैलाई कारवाही गर्नु पर्ने माग उठिरहेको छ । नगरपालिकाका निर्वाचित प्रतिनिधि र प्राविधिकहरु एक आपसमा दोस थुपारेर पन्सिन खोजीरहेका छन् । तर, जिम्मेवार निकायले सर्वसाधारणको कुरालाई गम्भिरता पुर्वक नलिदा समस्या जहिको त्यहि छ ।

नगरपालिकाका पदाधिकारी र प्राविधिकको मिलेमतोमा गुणस्तरहिन काम गरेको र सामान्य वाढिमै पुल भत्किएर पुर्ण रुपमा क्षती भएको स्थानीयले आरोप लगाएका छन् । सप्तकोशी नगरपालिका ११ का युवा कैलास माझीका अनुसार असार अन्तिमसाता आएको वाढिले सप्तकोशी नगरपालिका–४, मयुरानी खोला र वडा नं. ११ स्थित चिन्तामणि खोलाको पुल (कल्भर्ट) वाढिले वगायो।

वडा नं. ४ मा निर्मित पुलमा दुई आर्थिक वर्ष गरी २० लाख रुपैयाँ खर्च गरिएको छ । स्थानीय तह निर्वाचन पुर्व १० लाख खर्च गरी तीन वटा पिल्लर निर्माण गरिएको थियो भने स्थानीय तह निर्वाचनपछि आव ०७४/०७५ मा १० लाख थप गरी पुल निर्माण सम्पन्न गरिएको थियो । तर, गत वर्ष असार २८ गतेकै वाढिले उक्त पुल भत्काएको केहि स्थानीयहरु वताउँछन् । वडाध्यक्ष वद्रिनारायण चौधरीले पनि गत वर्षनै पुल भत्किएको स्विकार्दै पिल्लर निर्माणकै क्रममा कमसल काम भएका कारण पुल भत्किएको वताए । पछिल्लो चरणमा पनि प्राविधिक कमजोरी भएकाले पुल दिगो हुन नसकेको उनको भनाई छ । ‘रड नै प्रयोग नगरी पिल्लर वनाएको रहेछ’ उनले भने–‘पछिल्लो चरणमा पनि ढलानलगायतका काम भए, टिकाउका क्षेत्रमा काम भएन।’

वाटर फ्लो एरिया र कटप वाल नवनाएका कारण वाढिले दुवै किनारावाट माटो वगाएर पुल भत्किएको उनले प्रस्ट्याए। ‘प्राविधिक कुरो हामी वुझदैनौ। तर, समस्या चाहि रहेछ’ उनले थपे–‘केहि कमजोरी हाम्रा भएपनि सम्पुर्ण रुपमा हामी जिम्मेवार छैनौं।’ आफुहरु निर्वाचित हुनु पुर्व नै गतल काम गरेका कारण पुल भत्किएकाले नगरपालिकामा आफुले छानविन समिति गठनको माग समेत गरेको उनले जानकारी दिए। ‘काम अरुले विगारे, दोस जति सवै मलाई आयो’ उनले भने–‘त्यसको छानविन त हुनु पर्यो नी।’ निर्वाचन पुर्व अख्तियारले आरोप पत्र दायर गरेका कार्यकारी अधिकृत दाहाल र इन्जिनियर चौधरीकै समयमा उक्त पुलको पनि पिल्लर निर्माण भएको जनाईएको छ ।

अर्कोतर्फ वडा नं. ११ मा पनि अवस्था उस्तै छ । आव ०७४/७५ मै उक्त पुल निर्माण भएको थियो । चन्द्रनहरवाट पश्चिमटोल जाने वाटो र पुल निर्माणका लागि नगरपालिकाले करिव २५ लाख रुपैयाँ छुट्याएको थियो । पुलमा मात्रै ७ साल रुपैयाँ खर्च गरिएको वडाअध्यक्ष डोलेश्वर खड्गाले वताए । उपभोक्ता समिति मार्फत गरेको काम कमसल भएकै कारण भत्किएको उनले पनि स्विकार गरे । ‘पुलका लागि १०/१५ लाख रुपैयाँ चाहिन्छ भनेर हामीले त्यतिवेलै भनेका थियौं’ उनले भने–‘तर, प्राविधिकले भनेपछि मान्नु पर्यो। अर्को वर्ष वजेट छुट्याएर थप काम गर्नुहोला भनेका थिए। वजेट थपेर वाँकी काम गर्न सकिएन, वनेको काम पनि सत्यानास भयो ।’

गत वर्ष असार २८ गतेकै वाढिले भत्काएको पुल यस वर्षको वाढिले वगाएको उनको भनाई छ । ‘पुल निर्माणका समयमा ह्यम पायप हाल्ने कुरा थियो त्यो गरिएन’ उनले थपे–‘गत वर्ष नै पुलमा क्षती भएपछि वोरा हालेर काम चलाईएको थियो। यस वर्ष वगायो।’

नगरपालिकाले थप वजेट नदिएर पुल भत्कियोः प्राविधिक
नगरपालिकाका इन्जिनियर सुदिप चौधरीले भने कार्यपालिकाले आवश्यक्ता अनुसार वजेट नछुट्याएका कारण पुलमा क्षती भएको वताए । ‘पहिलो वर्ष अलिकति काम गरेर र अर्को वर्ष पुरा गर्ने गरी वजेट वन्यो। हामीले यसरी काम नगरौं पनि भनेका थियौं’ उनले भने–‘पछिल्ला वर्ष थप वजेट नआउँदा काम अधुरै रह्यो र भत्कियो।’

वाटर फ्लो एरिया र कटप वाल नवनाएका कारण पुल भत्किएको उनको पनि भनाई छ । ‘हामीले त प्राविधिक कुरा हेर्ने हो र सल्लाह दिने हो’ उनले थपे–‘वजेट छुट्याउने र निर्णय गर्ने अधिकार हामीसँग हुँदैन।’

छानविन समिति कागजमै
निर्माण भएको दुई वर्ष पनि नपुगी पुल भत्किएपछि सप्तकोशी नगरपालिकाले गत वर्षनै यथार्थ वुझन छानविन समिति गठन गरेको थियो । तत्कालिन अधिकृत ललन कुमार कर्णको संयोजकत्वमा गठित छानविन समितिले १ वर्ष वितिसक्दा पनि प्रतिवेदन वुझाएको छैन।

कर्ण हाल नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत छन् । नगरपालिकाका मेयर उत्तमकुमार शर्माले भत्किएको पुलका विषयमा थप छानविन आवश्यक रहेको र यथार्थ वुझने काम भईरहेको वताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh