- काठमाडौं,साउन ६ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
आज मध्यरातिबाट सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गत चैत ११ गतेबाट जारी भएको लकडाउन मंगलबार रातिवाट अन्त्य भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले जानकारी दिनु भयो ।
लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारले स्पष्ट पारेको छ । शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने बताइएको छ । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने सरकारले स्पष्ट पारेको छ ।
![](https://ejanprabhabnews.com/wp-content/uploads/2020/07/20200721_2215324272415478753653523-1.jpg)
भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने सरकारले स्पष्ट पारेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !