- धनुषा, साउन ६ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
धनुषा जिल्लाबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गौरव सोफि नामक १ हजार कार्टुन मदिरासहित आज बेलुका चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
मंगलबार दिउँसो धनुषाको कमला नगरपालिका ४ सघाराचोकबाट चारवटा ट्याक्टरमा लोड गरी भारत तर्फ लैजाँदै गरको अवस्थामा एकहजार कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ज १ त ७८६९, ज १त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नं. को ट्याक्टरमा लैजाँद गरेको एक हजार कार्टुन मदिरासहित ट्याक्टरहरु इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको मदिरा २० लाख ८७ हजार ५ सय मूल्य बराबरको रहेको र ट्याक्टरसहित मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !