- लहान,साउन ६ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
प्रदेश २ सरकारले बाढी प्रभावित तथा डुवान सम्भावित क्षेत्रको निरिक्षण अवलोकन गरेको हो । प्रदेश २ मा हुने सक्ने बाढी र डुबानको समस्या समाधानका लागि प्रदेश २ सरकारको मन्त्री परिषदले गठन गरेको विपत व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहा र धनुषा जिल्लाको विभिन्न नदीहरुको स्थलगत निरिक्षण अवलोकन गरिएको छ ।
जिल्ला स्थित कमला, घुर्मी, बतहा, बलान, गागन नदी लगायतका अन्य नदीहरुद्वारा भएको कटान, डुबान र क्षतिहरु बारे अध्ययन, अनुगमन र निरीक्षण गर्न समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अगुवाईमा सरकारको टोली पुगेको हो । समितिका सदस्यद्वय आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रामनरेश राय सहितको सहभागिता रहेको टोलीले नदीहरुको अवस्था, सम्भावित समस्या र क्षतीको वारेमा जानकारी लिएका छन् ।
सिरहाका जिल्ला विपत व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलको संयोजनमा समितिका सम्पूर्ण सदस्यहरु, जिल्ला स्थित सम्पुर्ण प्रदेश सांसदहरु, कार्यालय प्रमुखहरु, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले समेत नदीहरुको अवस्था र सम्भावित समस्या पहिचान गर्न मद्दत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !