- लम्कीचुहा,साउन ६ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर कर्मचारीहरु क्वाटरमै चेक काट्न थालेको पाईएको हो।
आर्थिक वर्ष २०७६÷७७ सकिएर नयाँ आर्थिक वर्ष २०७७÷७८ सुरु भएको चार दिन बितेपनि कैलालीको लम्कीचुहाका कर्मचारी क्वाटरमा बसेर अघिल्लो वर्षकै भुक्तानी दिन चेक काटिरहेको पाईएको छ ।
नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरी लगायतका कर्मचारी क्वाटरमा बसेर चेक काटिरहेका हुन्। उनीहरुले अघिल्लो वर्षकै मिति राखेर रकम विभिन्न योजनाको रकम भुक्तानीका लागि चेक काटिरहेका छन् ।
जुन कानून सम्मत नभएको सरकारी अधिकारीले बताएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार भुक्तानीका लागि गत वर्ष नै काटिसकेका चेक सम्बन्धीत पक्षलाई वितरण गर्न आर्थिक वर्ष सकिएको तीस दिन अवधी दिईएको हुन्छ।
तर गत वर्षकै बजेट भुक्तानीका लागि पूरानो मिति राखेर अहिले चेक जारी गर्नु कानून सम्म नभएको कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाई छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिक्रम चौधरीले लेखापाल लगायतका कर्मचारीले क्वाटरमा गत वर्षको मिति राखेर चेक काटिरहेको कुरा स्वीकार गरेका छन्।
उनले कर्मचारीले कार्यालयको अधुरो काम क्वाटरबाटै गर्न सक्ने भएकाले त्यसरी चेक काटिएको बताए। उनले कानुन अनुसार गत वर्षको मिति राखेर नयाँ चेक जारी गर्न नमिल्ने कुरा समेत स्वीकार गरेका छन्।
तर ती चेकहरु वार्षिक योजनाको नभएर क्वारेन्टिन व्यवस्थापन सम्बन्धी भएको खर्चका भएको दावी निमित्त प्रमुख चौधरीले गरे। उनले बैँकसँगको सहमतीमा नै पूरानो मिति राखेर चेक काटिरहेको बताए।
दिनेश खबरबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !